सबै प्रश्नहरूको उत्तर दिनुहोस् :
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
जीवनोपयोगी शिक्षा भनेको के हो ?
सामाजिक अध्ययन र सामाजिक विज्ञानबिचको कुनै एक भिन्नता लेख्नुहोस् ।
तनावमा परेको नजिकको साथीलाई तनाव व्यवस्थापन गर्ने कुनै एक सुभाव दिनुहोस् ।
परियोजना कार्य गर्ने सिलसिलामा समुदायका व्यक्तिहरूसँग कसरी कुराकानी सुरु गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।
आधुनिक मानवको पुर्खा कसलाई मानिन्छ ?
तपाईँ बस्ने पर्यावरणिय क्षेत्रमा अनुकुलन हुन तपाईँले गर्नुभएका कुनै दुईओटा कार्यहरू लेख्नुहोस् ।
नेपालको प्रतिनिधि सभाको निर्वाचनको लागि कस्तो निर्वाचन प्रणाली अवलम्बन गरिएको छ ?
जनसाङ्ख्यिक लाभांश भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् ।
विप्रेषणले नेपालको अर्थतन्त्रमा पारेको कुनै दुई प्रभाव लेख्नुहोस् ।
विपद् जोखिमका दृष्टिकोणमा तपाईँ रहेको बस्ती कस्तो प्रकारको बस्ती हो ? यदि जोखिमयुक्त भएमा यस्ता जोखिमबाट सुरिक्षत गर्ने कुनै एक उपाय लेख्नुहोस् ।
आहार र स्वस्थ जीवनबिचको सम्बन्ध एक वाक्यमा प्रस्ट पार्नुहोस् ।
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :
[८×५=४०]वर्ड फाइल (Word file) मा टाइप गरिदेखि प्रिन्ट गर्दासम्म तपाईँ कुन कुन चरणहरू पूरा गर्नुहुन्छ ? लेख्नुहोस् ।
अथवा
तपाईँले परियोजना कार्य पूरा गर्नुपर्ने अवस्थामा समूह नेताको हैसियतले समूहलाई कसरी परिचालन गर्नुहुन्छ ?
ढुङ्गे युगको जीवन पद्धितलाई पाँचओटा बुँदामा उल्लेख गर्नुहोस् ।
जीवनशैलीको आधारमा मानव र वातावरणबिचको सम्बन्ध व्याख्या गर्नुहोस् ।
मध्यकालीन एसियामा आर्थिक उतारचढाव थियो । यस भनाइलाई पुष्टि गर्नुहोस् ।
छुवाछुत विरुद्ध जनचेतना जगाउनुपर्छ भन्ने सन्देश दिँदै सम्पादकीयको नमूना तयार पार्नुहोस् ।
बस्तीको परिचय दिँदै ग्रामीण बस्तीका कुनै चार प्रमुख विशेषताहरू उल्लेख गर्नुहोस् ।
देशको आर्थिक विकासमा सरकारी, निजी र सहकारीसम्बन्धी तिन खम्बे आर्थिक नीतिले कसरी सहयोग पुऱ्याउँछ ?
नेपालको संसदीय निर्वाचनमा समानुपातिक प्रतिनिधित्व प्रणालीको व्यवस्था गरिएको छ । यसले संविधानमा तोकिएका लिङ्ग, वर्ग, क्षेत्र र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सकेको छ छैन ? समीक्षा गर्नुहोस् ।
अथवा
आमजनतामा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुऱ्याउन राज्यले गरेका प्रयासहरूको समीक्षा गर्नुहोस् ।
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :
[३×८=२४]तनाव र द्वन्द्विबचको सम्बन्ध उल्लेख गरी द्वन्द्व रूपान्तरमा तनाव व्यवस्थापनले कसरी भूमिका खेल्न सक्छ । उदाहरणसहित पुष्टि गर्नुहोस् ।
मानव समाज विकासको क्रममा पशुपालन तथा कृषि युगको सुरुआतको कारण उल्लेख गर्दै यस युगका विशेषताहरू चर्चा गर्नुहोस् ?
अथवा
नेपाली समाजमा जात प्रथाले उब्जाएका समस्याहरू पहिचान गर्दै यसका समाधानका उपायहरू उल्लेख गर्नुहोस् ।
मितव्ययी जीवन शैलीका लागि तपाईँले के कस्ता व्यावहारिक अभ्यासहरू गर्नुभएको छ ? कुनै आठओटा व्यावहारिक अभ्यासहरू उल्लेख गर्नुहोस् ।