अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू
तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दहरूको अक्षर संरचना देखाई अक्षर सङ्ख्यासमेत देखाउनुहोस् : ३ गरिबी न्यूनीकरण नेपाली वस्तु तथा सेवाका लागि लगानीमैत्री वातावरण सिर्जना र निर्यात प्रवर्द्धनका माध्यमबाट अर्थतन्त्रलाई सुदृढ गर्नु आवश्यक छ। तुलनात्मक लाभ तथा प्रतिस्पर्धी क्षमता भएका नेपाली वस्तु तथा सेवाको उत्पादन वृद्धि गर्नुपर्छ।
तलको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहास् : ३ अग्नी डाँडा बाट बिहाने शूर्योदयको दृश्य हेर्दा म मन्नमुग्ध भएँ। नयाँ ठाउँ त्यहाँको प्राकृतिक सुन्दरता र सामाजिक जीवनपद्धतिबाट मलाई आनन्दको अनुभूति हुन्छ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : २ (क) तलको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् : परीक्षा चलिरहेको ठाउँमा पर्यवेक्षक टुप्लुक्क आएको देखेर निरीक्षकहरू मुस्कक हाँसे। विद्यार्थीहरू अनुशासित भएर खुलखुल लेखिरहेका थिए। (ख) तलको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् : हाम्रा अग्रजले हामीलाई देशको विकास र उन्नतिका लागि कम्मर कसेर काम गर्ने र राष्ट्रको नाक राख्ने जस्ता स्वाभिमानी कुरा सिकाएका छन्। एकले थुकी सुकी सयले थुकी नदी भने भने अर्काको बाच्छा चाट्यो मुखभरि रौँ, रौँ पनि उडायो रौँ न सौँ भने भने हुन सक्छ।
तलको अनुच्छेदमा रेखाङ्कन गरिएका पदहरूको शब्दवर्ग पहिचान गरी लेख्नुहोस् : ३ कतिपय मानिसहरू आफ्नो विचारसँग मेल नखाने व्यक्तिलाई मित्रका रूपमा स्वीकार गर्न अप्ठ्यारो मान्दछन्। प्रायः हामी धेरैलाई आफ्नो विचार शतप्रतिशत उचित हो भन्ने लाग्छ तर हरेक मान्छेको विचार त फरक हुन्छ।
तलको अनुच्छेदबाट दुईओटा तत्सम र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् : २ आवासीय क्षेत्रको पहिचान हुन नसकेको खेतीयोग्य जमिन घट्दै र काठमाडौंको सहर बढ्दै गएको छ। यस्तो कार्य बेलैमा रोकेर खेतीयोग्य जमिन र आवासीय जमिनको क्षेत्र निर्धारण गर्नुपर्छ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस्
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ३ (क) तल दिइएका उपसर्ग र प्रत्यय लगाई एक एक शब्द बनाउनुहोस् : उपसर्ग : वि, कु, अभि
प्रत्यय : वाली, य, तव्य (ख) तलको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व शब्द पहिचान गरी समस्त शब्दको विग्रह र द्वित्व शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् : पुरुषोत्तम कार्यालय जानका लागि तम्तयार भएर बसेका थिए। बुबाआमाले उनलाई बेलुका मफनाफमा नभुली फटाफट घर आउनु है भनेर सम्भाउनुभयो। छरछिमेकमा उनीहरू बुढापाकाहरूमाझे बुद्धिजीविका रूपमा चिनिन्छन्।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४ (क) ले, लाई, बाट, द्वारा, देखि, को, मा, लागि विभक्ति लागेका कारकहरूको प्रयोग गरी आफ्नो बाल्यकालका बारेमा चार वाक्यमा वर्णन गर्नुहोस्। (ख) तल दिइएका वाक्यहरूलाई द्वितीय पुरुषमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् : ऊ प्रयोशाला गयो। उसले त्यहाँ अत्याधुनिक उपकरण देख्यो। उसले अनौठो मानेर प्रयोगशाला हेर्यो। उसले घर आएर परिवारका सबै सदस्यलाई प्रयोगशालाका बारेमा बतायो।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४ (क) सम्भावनार्थक क्रियापदको प्रयोग गरेर आफ्नो मातृभूमिका बारेमा चार वाक्यमा एक अनुच्छेद लेख्नुहोस्। (ख) वाच्य परिवर्तन गर्नुहोस् : लेखकहरू समसामयिक विषयमा लेखहरू लेख्छन्। नेताहरू संविधानको उचित कार्यान्वयन गरून्। किसान जैविक खेती गर्दै छन्। वृद्धाहरू जीवनको अनुभव सुनाउँछन्। युवाहरू नयाँ खोज अनुसन्धानमा लागेका छन्।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४ (क) तल दिएका आठओटा सरल वाक्यलाई चार ओटा जटिल वाक्य बनाई लेख्नुहोस् : म अहिले पढ्दैछु। म भोलि देशको उच्च तहमा पुग्ने छु। हाम्रो देशमा विविध सम्भावना छन्। म रोजगारी सिर्जना गर्छु। सिहंदका सपना अधुरै रहेका छन्। हामी सिहंदका सपना पूरा गर्न चाहन्छौँ। हामीले सिहंदलाई उच्च सम्मान गर्नुपर्छ। उनीहरू हाम्रा मुक्तिदाता हुन्। (ख) कयन परिवर्तन गरी लेख्नुहोस् : बालकृष्ण समले भने- "ज्ञान विज्ञानको हात जोड्नु पर्दछ कर्ममा।"
देवकोटाले भनेका छन् - "मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।"
गुरुले मलाई सोध्नुभयो- "तिमीले गृहकार्य गर्यौँ त?"
विदेशीहरूले भने- "नेपाल अत्यन्तै सुन्दर देश हो।"
तल दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : ५ समाचार भन्नाले सामान्यत हालखबर वा नयाँ घटनाको विवरण भन्ने बुझिन्छ। यसैले रेडियो, टिभी, जस्ता श्रव्य-दृश्य माध्यमबाट प्रसारित वा पत्रिका आदि छापा माध्यमबाट प्रकाशित घटनाका ताजा विवरण समाचार हुन्। समाजमा घटने घटनाको विवरण भएकाले समाचार मानिसको पहिचिभ्रको विषय हो। समाचारका विषयअन्तर्गत राजनीति, शिक्षा, खेलकुद, व्यापार, वाणिज्य, संस्कृति आदि जनसरोकारका हुन सक्छन्। यसरी जनसरोकारका विषय समाचार बन्न भए पनि कुनै पनि विषय आफैँमा समाचार भन्ने हुँदैन। जुन कुराले पाठक वा श्रोताको ध्यान आकर्षित गर्छ र नयाँ सूचना सम्प्रेषण गर्छ त्यस्तो विषयवस्तु समाचार बन्छ। समाचारका बारेमा भन्ने गरिन्छ, "कुकुरले मान्छेलाई टोक्नु समाचारको विषय बन्न सक्दैन तर मान्छेले कुकुरलाई टोक्यो भने त्यो समाचार बन्छ।" समाचार सम्प्रेषणमा सम्वाददाता पूरै तटस्थ रहनु राम्रो मानिन्छ। उसले आफ्नो राय, विचार वा निर्णयभन्दा घटना वा सूचनाको तथ्यपरक विवरण दिए पुग्छ। समाचारको उद्देश्य आम जनतासम्म सन्देश पुर्याउनु हो। यसैले समाचारको भाषा सकेसम्म सरल बनाउनु पर्छ। समाचारमा छोटा छोटा वाक्य प्रयोग गर्नु राम्रो मानिन्छ। समाचारको शैली विशिष्ट हुन्छ। यही शैलिगत विशेषताकै आधारमा समाचारलाई घटनापरक, प्रक्रियापरक र फिचर गरी तीन प्रकारमा वर्गीकरण गर्ने प्रचलन छ। समग्रमा भन्दा सत्यता, विश्वसनीयता, नवीनता, रोचकता, सन्तुलन, भाषिक सरलता र स्पष्टता समाचारका खास विशेषता हुन्। प्रश्नहरू : (क) के कस्ता माध्यमबाट समाचार सम्प्रेषण गरिन्छ ?
(ख) समाचारका विषयक्षेत्र कुन कुन हुन् ?
(ग) समाचारको भाषा कस्तो हुनुपर्छ ?
(घ) समाचारलाई कति भागमा वर्गीकरण गरिएको छ ?
(ङ) समाचारका खासखास विशेषता के के हुन् ?
तलको दिइएको अनुच्छेद पढी मुख्य मुख्य चारओटा बुँदा टिपोट गर्नुहोस् र एकतृतीयाशमा सारांश लेख्नुहोस् : २+३ जिज्ञासा नै ज्ञानको बीज हो। जिज्ञासा वृत्तिलाई विकसित गर्नु र त्यसमा उत्तम संस्कारको स्थापना गर्नुमा नै शिक्षाको उपयोगिता रहेको हुन्छ। यस कारणले जुन शिक्षाले मानवका सद्वृत्तिको जागरण गर्दैन, जसले मानवलाई भोगप्रधान प्रयोगमार्गबाट कल्याणप्रधान श्रेयोमार्गतर्फ लग्दैन, मानव मनमा पसेर मानवलाई एक श्रेष्ठ जीवनस्वप्नले भरिदिँदैन त्यो शिक्षा लेइन, साक्षरता मात्र हो। आज यस किसिमको साधारता नै संसारका अनेक जटिल समस्याको कारण बन्न पुगेको हो। यसकारण शिक्षा हाम्रो धर्म र संस्कृतिको अनुकूल हुनैपर्छ। विद्यार्थीले विद्यालयमा मात्र सबैकुरा सिक्छन् भन्नु ठूलो भूल हुन जान्छ। बालक परिवारमा, बाटामा, मित्रसम्पर्कमा र सर्वत्र केही न केही सिकिरहेको हुन्छ। ऊ आफ्ना माताpiता, बन्धुबान्धव, साथीसंगाती, परिचित, अपरिचित मानिसको व्यवहारबाट पनि थेरथेर सिकिरहेको हुन्छ। यस कारण समाजको वातावरण आजको अत्यन्त आवश्यक छ। यसका लागि अर्थप्रधान जीवनदृष्टिको ठाउँमा कर्तव्यप्रधान जीवनदृष्टिको स्थापना अत्यन्त आवश्यक हुन, भाउँछ। कर्तव्यप्रधान जीवनदृष्टिको निर्माण संस्कृतिमूलक शिक्षाबाट पनि हुने गर्छ। यस्तो शिक्षाबाट मानव असल त हुन्छ नै साथै सफल पनि हुन्छ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४ (क) विभिन्न सिप आर्जन गरी तुरुन्तै व्यावसायिक काम गर्न सक्ने प्राविधिक जनशक्ति उत्पादनका लागि खोलिएको प्राविधिक तथा व्यावसायिक विद्यालयको प्रचार-प्रसारका लागि गरिने विज्ञापनको नमुना तयार पार्नुहोस्। (ख) कृषि विकास बैंकबाट घर निर्माणका लागि रु. ५०,००,०००।— (पचास लाख) ऋण लिन लागेको विषयलाई समेटी तमसुकको नमुना तयार पार्नुहोस्।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ५ (क) आफूले गरेको शैक्षिक भ्रमणको चर्चा गर्दै एउटा प्रतिवेदन तयार पार्नुहोस्।
(मानौँ तपाईंको नाम सुमन हो र विद्यालयको नाम हिमालय मा.वि. हो।) (ख) 'भ्रष्टाचार नियन्त्रण' शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस्।
कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : ४ (क) आखिर जीवन नै नाटक हो। संसार नै रङ्गमञ्च हो। (ख) त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर छामछुम गर्ने छौँ
तर त्यो हिउँ र जागोभन्दा पनि बढ्ता छोइने भएर आउँछ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४ (क) तल दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : जोगबनीदेखि धरानसम्मको अलकत्रे बाटालाई धिक्कार्दै र भादगाउँदेखि बाहिबिसेसम्मको फराकिलो कालो बाटालाई सराप्दै हामी ठसठस किनारह्यौँ। सिंहदरबार अगाडिको चिप्लो बाटो त्यहाँ थिएन, न त्यहाँ भैरहवाबाट बुटवल जाँदा जस्तो तेर्सो सोझो बाटो नै थियो। त्यहाँ त चुच्चे डुङ्गुरहरू पहरामा तेर्सिएका थिए काला रूखका छाँयामा कचपलिटएर। पिसनाले नियुक्त भिज्जेर हामी छ जना अभागी आकाशतर्फ उचालिरह्यौँ, उचाइलिरह्यौँ। प्रश्नहरू :
(अ) लेखकले अलकत्रे र कालो फराकिलो बाटोलाई किन गाली गरेका हुन् ?
(आ) लेखकसहित छ जना साथीहरू आकाशतर्फ उचालिरहनुको तात्पर्य के हो ? (ख) तलको सम्वादांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : हेर घनश्याम, प्राकृतिक सौन्दर्यको मात्रै कुरा गर्ने हो भने पनि नेपालका हिमाल, जङ्गल र चरा मात्रै भनेर पुग्दैन। यहाँ असङ्ख्य पाहाड, अन्नको भण्डार तराई, नदी, ताल, उपत्यका, सिमसार, जैविक विविधता आदि थुप्रै कुरा छन्। नेपाल आउने पर्यटक सबै हिमाल हेर्न र आरोहण गर्न आउने लोइन्न नि। पर्यटनका लागि विभिन्न किसम छन् भन्ने थिमीलाई थाहै छ। त्यसमाझे साँस्कृतिक पर्यटन पनि त एक हो। नेपाल जस्तो सानो ठाउँमा सबै जाति, सयौँ भाषा, सयौँ संस्कृतिको अध्ययन गर्न पाउनु साँस्कृतिक पर्यटकका लागि ठूलो अवसर हो नि। त्यसैले नेपालको विविधतासँग पर्यटकको सरोकार हुने भएन र ? प्रश्नहरू :
(अ) नेपालको प्राकृतिक सौन्दर्यभित्र के के कुरा पर्छन् ?
(आ) नेपालमा साँस्कृतिक पर्यटनको कस्तो सम्भावना छ ?
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४ (क) दमयन्तीको जस्तो कठिन अवस्थामा तपाई भएको भए नललाई खोज्न तपाईं कस्तो उपाय अपनाउनुहुन्थ्यो ? आफ्नो प्रतिक्रिया दिनुहोस्। (ख) छोराछोरीको माया, लोग्नेको माया, सरुको माया छुछाछुई हुन्। मायाको आफ्नै विशेषता छ। यस भनाइलाई 'मातृत्व' कथाका आधारमा पुष्टि गर्नुहोस्।
कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : ५ (क) 'एक चिहान' उपन्यासमा के कस्ता सामाजिक कुरीति र कुसंस्कारको विरोध गरिएको छ स्पष्ट पार्नुहोस्। (ख) 'हामीलाई बोलाउँछ हिमचुली' कवितामा नेपाली राष्ट्रिय भावनाको चित्रण कसरी गरिएको छ ? समीक्षात्मक उत्तर दिनुहोस्।
कुनै एक शीर्षकमा कमीमा २५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : ८ (क) वातावरण संरक्षण
(ख) म र मेरो जन्मभूमि
(ग) शिक्षा र रोजगारी