Views: ...

Sub.Code : 0061 'W'
NEB Grade XII
2081 (2024)
सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
(नयाँ पाठ्यक्रम)
(रजिस्ट्रेशन नम्बरका शुरुका दुई अंक ७५, ७९ र ८० भएका सामान्य धारतर्फका नियमित तथा ग्रेडवृद्धि परीक्षार्थीहरूका लागि मात्र)
विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ। दायाँ किनारामा दिइएको अंकले पूर्णाङ्क जनाउँदछ।
Time: ३ घण्टा
पूर्णाङ्क : ७५
समूह 'क'

अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू

[११×१=११]
1.

सामाजिक अध्ययनको एक प्रमुख उद्देश्य उल्लेख गर्नुहोस्।

2.

पाश्चात्य चिन्तनमा 'पुनर्जागरण युग'लाई 'प्रबोध युग' वा 'ज्ञानोदीपन युग' भनिन्छ, किन ? एक वाक्यमा लेख्नुहोस्।

3.

तपाईँले सामाजिक अनुसन्धानबाट प्राप्त गरेको तथ्याङ्कलाई चित्रात्मक प्रस्तुतिमा किन सहज मान्नुहुन्छ ? आफ्नो अनुभव एक वाक्यमा लेख्नुहोस्।

4.

तपाईँ अध्ययन प्रस्तावना संरचनाको कुन पक्षलाई सबैभन्दा महत्त्वपूर्ण ठान्नुहुन्छ ? आफ्नो तर्क कारणसहित एक वाक्यमा उल्लेख गर्नुहोस्।

5.

'दिव्योपदेश' को अर्थ एक वाक्यमा लेख्नुहोस्।

6.

तपाईँ आफ्नो विद्यालय वा समुदायमा रहेका अपाङ्ग व्यक्तिको सहज जीवनयापनका लागि कसरी सहयोग गर्नुहुन्छ ? आफ्नो भूमिका एक वाक्यमा उल्लेख गर्नुहोस्।

7.

तपाईँको सार्वजनिक महत्त्वको विषय सम्बन्धि सूचनाको हक हनन् भयो भने, उक्त विषयमा सूचनाको हक पाउने अधिकारलाई कसरी उपयोग गर्नुहुन्छ ? एउटा प्रक्रिया उल्लेख गर्नुहोस्।

8.

स्वेच्छिक बसाईसराईको अर्थ एक वाक्यमा उल्लेख गर्नुहोस्।

9.

दिगो विकास लक्ष्यको एक प्रमुख विशेषता उल्लेख गर्नुहोस्।

10.

तपाईँको नातेदार वा चिनजानको कोही व्यक्ति रोजगारीका लागि विदेश जाँदै हुनुहुन्छ, उहाँले सुरक्षित आप्रवासनका लागि के गर्नुपर्ला ? आफ्नो सुभाव एक वाक्यमा उल्लेख गर्नुहोस्।

11.

शिक्षाले सामाजिक परिवर्तनमा पार्ने प्रभाव एक वाक्यमा उल्लेख गर्नुहोस्।

समूह 'ख'

संक्षिप्त उत्तरात्मक प्रश्नहरू

[८×५=४०]
12.

'बौद्धिक चोरी न्यूनीकरणका लागि भएका प्रयासहरू' शीर्षकमा एक सम्पादकीयको नमूना तयार पार्नुहोस्।

13.

असल व्यक्तित्व विकासमा दर्शनको महत्त्व पाँच बुँदामा प्रस्ट पार्नुहोस्।

14.

तपाईँको दैनिक जीवनलाई भू-सूचना प्रणालीले प्रयोगले कसरी सहज बनाएको छ ? तगाईँले प्रयोग गरेको एक भू-सूचना प्रणालीको उपयोगको आधारमा आफ्नो अनुभव चार बुँदामा प्रस्ट पार्नुहोस्। १+४

15.

'नेपाल-अङ्ग्रेज युद्ध (वि.सं. १८७१-१८७३) नेपालको तत्कालीन राजनीतिक परिस्थितिको उपज हो।' समीक्षा गर्नुहोस्।

16.

नेपाली समाजमा वर्ग विभाजनका पाँच प्रभावहरू उल्लेख गर्नुहोस्।

17.

नेपालको संविधान बमोजिम संघ, प्रदेश तथा स्थानीय तहका दश साफा अधिकारको सूची तयार पार्नुहोस्।

18.

नेपालमा नगरपालिका घोषणाका आधारलाई शहरीकरणको मापदण्ड मानिएको सन्दर्भमा व्यवस्थित शहरीकरणको अवधारणा विकास गर्न के गर्नुपर्ला ? आफ्ना सुभाबहरू पाँच बुँदामा उल्लेख गर्नुहोस्।

19.

शिक्षामा पहुँच र समावेशीताले नेपाली समाजमा परेको सकारात्मक प्रभाव पाँच बुँदामा स्पष्ट पार्नुहोस्। अथवा शिक्षा र मानव संसाधन एक अर्काका परिपूरक हुन्। उदाहरणसहित प्रस्ट पार्नुहोस्।

समूह 'ग'

विस्तृत उत्तरात्मक प्रश्नहरू

[३×८=२४]
20.

समालोचनात्मक चिन्तन बौद्धिक जीवनोपयोगी सीप गानिन्छ। नेपाली समाजमा समालोचनात्मक चिन्तनको अभ्यास समीक्षा गर्दै यो जीवनोपयोगी सीपलाई अझ 'बौद्धिक सीप' बनाउन के गर्नु पर्ला ? आफ्ना विचार प्रस्तुत गर्नुहोस्।

21.

नेपालमा प्रादेशिक अन्तरसम्बन्धले प्रदेशहरूको आर्थिक र सामाजिक परिवर्तनमा पार्ने चार/चार सकारात्मक प्रभावहरू उदाहरणसहित प्रस्ट पार्नुहोस्। ४+४ अथवा तपाईँ बसोबास गर्नुभएको प्रदेशको भौगोलिक अवस्थाले त्यहाँको आर्थिक गतिविधि र जनसाङ्ख्यिक वितरणमा पारेको प्रभाव वर्णन गर्नुहोस्। ४+४

22.

नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई समयानुकूल बनाउँदै अधिकतम आर्थिक लाभ लिन के गर्नुपर्ला ? आफ्नो विचार समेटी परराष्ट्र मन्त्रीलाई एक चिठ्ठी लेख्नुहोस्।