अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू
[११×१=११]पूर्वीय चिन्तन परम्पराको योगदान एक बुदाँमा लेख्नुहोस् ।
जीवनोउपयोगी सीपको महत्व एक बुदाँमा उल्लेख गर्नुहोस् ।
तपाईं अनुसन्धानको कुन विधि उपयुक्त ठान्नु हुन्छ ? कारण सहित एक बुदाँमा उल्लेख गर्नुहोस् ।
तपाईले बौद्धिक चोरी नियन्त्रणमा खेल्ने भूमिका एक बुदाँमा उल्लेख गर्नुहोस् ।
नेपालको इतिहासमा प्राचीनकालको समयावधि उल्लेख गर्नुहोस् ।
अपाङ्ग व्यक्तिको सहज जीवनयापनका लागि के गर्नु पर्ला ? एक बुदाँमा उल्लेख गर्नुहोस् ।
सरकारी सेवामा कार्यरत कर्मचारीमा कस्तो सदाचारिताको अपेक्षा गर्नुहुन्छ ? आफ्नो विचार एक बुदाँमा उल्लेख गर्नुहोस् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार हिमाली जिल्लामा निर्धारित शहरी जनसङ्ख्याको मापदण्ड प्रस्तुत गर्नुहोस् ।
सुरक्षित आप्रवासनको सकारात्मक प्रभाव एक बुदाँमा लेख्नुहोस् ।
नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका दुईवटा आधारहरू के के हुन् ?
शिक्षाले रोजगारीमा पार्ने कुनै एक सकारात्मक प्रभाव उल्लेख गर्नुहोस् ।
संक्षिप्त उत्तरात्मक प्रश्नहरू
[८×५=४०]तपाईँले कुनै एक पर्यटकीय क्षेत्रको भ्रमण गर्नु परेमा अध्ययन प्रस्तावनाको संरचना सहित उद्देश्य र विधि के हुन सक्छन् ? उल्लेख गर्नुहोस् । अथवा एक्सेल प्रयोग गरी स्तम्भ चित्र निर्माण गर्न अपनाउनु पर्ने चरणहरू लेख्नुहोस् ।
धार्मिक विविधताको महत्व पाँच बुदाँमा उल्लेख गर्नुहोस् ।
सूचना प्रणालीले भौगोलीक अध्ययनमा कस्तो प्रभाव पारेको अनुभव गर्नुभएको छ ? आफ्नो अनुभव पाँच बुदाँमा लेख्नुहोस् ।
मध्यकालिन राजनीतिक अवस्था मूल्याङ्कन गर्नुहोस् ।
नेपालमा अपाङ्गता भएका व्यक्तिलाई समावेशीकरणका लागि भएका प्रयासहरू पाँच बुदाँमा उल्लेख गर्नुहोस् ।
सङ्घीय सरकारको गठन प्रक्रिया उल्लेख गर्नुहोस् ।
गाउँ-सहरको आर्थिक महत्व स्पष्ट पार्नुहोस् ।
'रोजगारीको सिर्जनामा शिक्षाको महत्व पाँच बुदाँमा उल्लेख गर्नुहोस् । अथवा शिक्षाले सामाजिक परिवर्तनमा पार्ने प्रभाव पाँच बुदाँमा उल्लेख गर्नुहोस् ।
विस्तृत उत्तरात्मक प्रश्नहरू
[३×८=२४]समालोचनात्मक चिन्तनको महत्व उदाहरण सहित व्याख्या गर्नुहोस् ।
मधेश प्रदेशको भौगोलिक तथा सामाजिक विशेषताहरू प्रस्तुत गर्नुहोस् । अथवा नेपालमा विपद्का कारण र प्रभाव वर्णन गर्नुहोस् ।
विश्व व्यापार सङ्गठनको सदस्य भएपछि नेपालको अवसर तथा चुनौतीहरू समेटी एक लेखको नमुना तयार पार्नुहोस् ।