Views: ...

Sub.Code : 0061 'B'
NEB Grade XII
2083 (2026)
सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
(रजिस्ट्रेशन नम्बरका शुरुका दुई अङ्क ७९, ८०, ८१ र ८२ भएका साधारण धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूका लागि)
विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ। दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँदछ।
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
समूह 'क'

अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू

[११×१=११]
1.

पाश्चात्य चिन्तनको कुनै एक विशेषता लेख्नुहोस्।

2.

अन्तरवैयक्तिक सिप अन्तर्गत पर्ने कुनै दुईवटा उप-सिपहरू लेख्नुहोस्।

3.

अनुसन्धानमा कार्य कारण सम्बन्धको महत्त्व एक बुँदामा लेख्नुहोस्।

4.

सामाजिक अनुसन्धानमा भिडियो अनुप्रयोगलाई कसरी उपयोग गर्नुहुन्छ ? एक बुँदामा लेख्नुहोस्।

5.

नेपाल अङ्ग्रेज युद्धको तत्कालीन कारण लेख्नुहोस्।

6.

सामाजिक सद्भाव तथा सहिष्णुता प्रवर्द्धन गर्न तपाईँले गर्न सक्ने योगदान एक बुँदामा उल्लेख गर्नुहोस्।

7.

मुलुकी देवानी संहिताको प्रावधानलाई तपाईँले कसरी उपयोग गर्नुभएको छ ? एक बुँदामा लेख्नुहोस्।

8.

स्थायी र अस्थायी बसाईँसराईँबिचको भिन्नता एक बुँदामा प्रस्तुत गर्नुहोस्।

9.

नेपालले विश्व व्यापार संगठनको सदस्यता लिनुको एक उद्देश्य लेख्नुहोस्।

10.

बिम्स्टेक लगायतका क्षेत्रीय मञ्चबाट नेपालले लाभ लिन के गर्नुपर्ला ? एक बुँदामा प्रस्ट पार्नुहोस्।

11.

शिक्षामा समुदायको भूमिका भनेको के हो ? एक बुँदामा लेख्नुहोस्।

समूह 'ख'

संक्षिप्त उत्तरात्मक प्रश्नहरू

[८×५=४०]
12.

तपाईँको आफ्नो समुदायमा व्याप्त कुनै एक सामाजिक समस्या पहिचान गरी उक्त समस्यासँग सम्बन्धित तथ्याङ्क सङ्कलनका लागि अन्तर्वार्तामा स्थानीयलाई सोधिने कुनै चारवटा प्रश्नहरूको नमुना सूची तयार पार्नुहोस्। [१+४] अथवा सामाजिक अध्ययनको कुनै एउटा विषयवस्तुमा अनुसन्धान गर्ने व्यक्तिलाई प्रतिलिपि अधिकार ऐन, २०५९ का कानूनी प्रावधान सम्बन्धमा सोध्न सकिने कुनै पाँचवटा प्रश्नको नमुना तयार पार्नुहोस्।

13.

सामाजिक सम्बन्धको अवधारणा प्रस्ट पार्दै यसका चार महत्त्व उल्लेख गर्नुहोस्। [१+४]

14.

भौगोलिक अवस्थिति प्रणाली (GPS) लाई आफ्नो दैनिक जीवनमा सहज बनाउन कसरी उपयोग गर्नुहुन्छ ? पाँच बुँदामा लेख्नुहोस्।

15.

जनआन्दोलन २०६२/६३ पछि नेपाली समाजमा परेको सामाजिक प्रभाव पाँच बुँदामा समीक्षा गर्नुहोस्।

16.

समतामूलक समाज निर्माणमा समावेशीकरणको महत्त्व उदाहरणसहित पाँच बुँदामा लेख्नुहोस्।

17.

किशोरकिशोरीहरूले पालना गर्नुपर्ने कुनै पाँच नैतिक कर्तव्यहरू उल्लेख गर्नुहोस्।

18.

नेपालमा पछिल्लो गाउँसहरको बदलिदो सम्बन्धले जीविकोपार्जनमा परेका प्रभाव पाँच बुँदामा विश्लेषण गर्नुहोस्।

19.

शिक्षाले रोजगारी सिर्जना गर्नमा कसरी सहयोग पुऱ्याउँछ ? पाँच बुँदामा लेख्नुहोस्। अथवा शिक्षाले सामाजिक-सांस्कृतिक विकासमा कसरी सहयोग पुऱ्याउँछ ? पाँच बुँदामा लेख्नुहोस्। [२.५+२.५]

समूह 'ग'

विस्तृत उत्तरात्मक प्रश्नहरू

[३×८=२४]
20.

नेपाली समाजमा समालोचनात्मक अभ्यासको प्रयोग कमजोर छ भन्ने गुनासोप्रति तपाईँको सहमति वा असहमतिका तार्किक धारणा आठ बुँदामा स्पष्ट पार्नुहोस्।

21.

प्रदेशहरूबिचको आर्थिक सामाजिक अन्तरसम्बन्ध उदाहरणसहित प्रस्ट पार्नुहोस्। [४+४] अथवा "प्राकृतिक विपत् जलवायु परिवर्तनको परिणाम हो।" यो वाक्यांशलाई जलवायु परिवर्तनका कारण र प्रभावका आधारमा उदाहरणसहित प्रस्ट पार्नुहोस्।

22.

नेपालको वैदेशिक व्यापार घाटा निरन्तर बढिरहेको छ। यस सन्दर्भमा वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्न के के सुझाव दिनुहुन्छ ? आठ बुँदामा स्पष्ट पार्नुहोस्।