NEB Class 11 Accounting Model Question Paper

Views: ...

Sub.Code : 1031
NEB Grade XI
Model Questions
Accounting
विद्यार्थीले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।
Candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.
Time : 3 Hrs.
Full Marks: 75
समूह 'क'

अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू / Very Short Answer Questions
सबै प्रश्नहरूको उत्तर दिनुहोस् । (Attempt All Questions)

[११×१=११]
1.

लेखा अभिलेखन भनेको के हो ?
What is book-keeping?

2.

लेखाविधिका कुनै दुई उद्देश्य उल्लेख गर्नुहोस् ।
Mention any two objective of accounting.

3.

मौद्रिक मापन अवधारणको अर्थ लेख्नुहोस् ।
Write the meaning of money measurement concept.

4.

सन्तुलन परीक्षणलाई परिभाषित गर्नुहोस् ।
Define trial balance.

5.

रेखाङ्कित चेक भनेको के हो ?
What is cross cheque?

6.

सैद्धान्तिक त्रुटिको बारेमा लेख्नुहोस् ।
Write about error of principle.

7.

जगेडा भनेको के हो ?
What is reserve?

8.

पूँजीगत खर्च र आयगत खर्च बीचको कुनै एक भिन्नता लेख्नुहोस् ।
Write any one difference between capital expenditure and revenue expenditure.

9.

ढपोट भनेको के हो ?
What is dhapot?

10.

बैंक नगदी किताबको परिभाषा दिनुहोस् ।
Define bank cash book.

11.

बजेट सिटको प्रयोग उल्लेख गर्नुहोस् ।
State the use of budget sheet.

समूह 'ख'

संक्षिप्त उत्तरात्मक प्रश्नहरू / Short Answer Questions
सबै प्रश्नहरूको उत्तर दिनुहोस् । (Attempt All Questions)

[८×५=४०]
12.

A. लेखाप्रिकयालाई संक्षेपमा उल्लेख गर्नुहोस् । State accounting process in brief. **3** B. तलका विवरणहरूको सहयोगबाट लेखा समिकरण तयार गर्नुहोस् ।
Prepare accounting equation from following details. a) नगद रु २,००,००० र फर्निचर रु ५,००,००० बाट व्यवसायको शुरुवात गरियो ।
Started business with cash Rs. 2, 00,000 and furniture Rs. 5, 00,000.
b) नगद रु ८०,००० र उदारो रु ७०,००० मा सामान खरिद गरियो ।
Purchase goods worth Rs. 80,000 on cash and 70,000 on credit.
c) घर भाडा रु ९०,००० भुक्तान गरियो ।
Paid rent Rs. 90,000.
d) रु २०,००० को सामान रु २५,००० मा बिक्रि गरियो ।
Sold goods costing Rs 20,000 on cash Rs. 25,000. **2**

13.

A. नगद र बैंकका कारोबारहरू तल दिइएका छन्: Cash and banking transactions are given below:
पौष १: नगद र बैंक मौजदात क्रमश रु ६०,००० र रु २,००,०००
Poush 1: Opening balance of cash and bank are Rs. 60,000 and 2, 00,000 respectively.
पौष १३: नगद रु ३०,००० बैंकमा जम्मा गरियो ।
Poush 13: Cash deposited in bank of Rs. 30,000.
पौष २२: रामलाई रु ३२,००० चेक मार्फत भुक्तानी गरी रु ३५,००० को हिसाब मिलान गरियो ।
Poush 22: Paid of Rs. 32,000 to Ram through cheque for settling account of Rs. 35,000.
पौष २७: मेसिन बिक्री बापतअविरलबाट रु १९,००० को चेक र रु ३,००० नगद प्राप्त भयो ।
Poush 27: Received a cheque from Aviral of Rs. 19,000 and cash Rs. 3,000 for selling machine. तयार गर्नुहोस् (Required): तीन महलीय नगद पुस्तका (Triple column cash book) **3**
B. फर्निचर खरिद सम्बन्धि विवरण तल दिइएका छन् : Transactions related to furniture purchases are given below:
डिसेम्बर ५: करुण सप्लायर्सबाट खरिद
Dec 5: Purchase from Karuna suppliers
१० कफि टेवल रु १,००,००० मा (10 coffee tables for Rs. 1,00,000)
२० वटा साना कुर्सि रु ४,००० को दरमा (20 small chairs @ Rs. 4,000 each)
व्यापार छुट १०% (Trade discount @ 10%)
डिसेम्बर १९: अन्जली ट्रेडर्सबाट खरिद
Dec 19: Purchased from Anjali traders:
५ वटा पलङ रु १५,००० को दरमा (5 beds @ 15,000 each)
८ वटा सोफा सेट रु २५,००० को दरमा (8 pieces of sofa @ Rs. 25,000 per sofa)
तयार पार्नुहोस् (Required): खरिद किताव (Purchase book) **2**

14.

विवरणहरू निम्नानुसार दिइएका छन् : Following information are given: a) नगद किताबले मौजदात रु ८०,००० देखायो ।
Cash book showed a balance of Rs. 80,000.
b) विभिन्न चेकहरूबाट जम्मा गरिएको रु ७५,००० मध्ये रु २०,००० मात्र बैंकमा जम्मा भएको देखियो ।
Bank credited Rs. 20,000 only out of various cheques of Rs. 75,000 deposited in the bank. c) रु ९०,००० को चेक जारी भएकोमा रु१०,००० बराबरको चेक भुक्तानीका लागि बैंकमा आजका मिति सम्म प्रस्तुत भएन ।
Cheques issued of Rs. 90,000 but a cheque of Rs. 10,000 was not presented for payment till the date.
d) ग्राहकले चेक मार्फत जम्मा गरेको रु ४४,००० को नगद किताबका अभिलेख देखिएन ।
A customers deposited a cheque of Rs. 44,000 directly in the bank but has not been recorded in the cash book.
e) बैंकले पास बुकमा बैंक शुल्क रु ५०० खर्च कटाएको देखियो ।
Bank debited Rs. 500 as bank charge in the pass book.
f) रु १२,००० को चेक प्राप्त भयो र नगद किताबमा अभिलेख गरियो तर बैंकमा जम्मा हुन सकेन ।
Cheque of Rs. 12,000 received and entered into the cash book but failed to deposit in the bank.
तयार गर्नुहोस् (Required): बैंक हिसाब मिलान विवरण (Bank Reconciliation Statement) **5**

15.

A. सन्तुलन परीक्षण तयार गर्नु अगाढि निम्नानुसारका त्रुटिहरूलाई सच्याउनुहोस् । **3** Rectify following errors before preparing of trial balance.
a) शर्मालाई नगदमा बिक्रि गरिएको रु ४५,००० उनको खातामा डेभिट गरियो
Cash sales to Sharma Rs. 45,000 debited to his account
b) रु १९,००० बिक्रि गरेको मेसिन किताबमा भुलवश केडिट किताबमा भुलवश क्रेडिट गरियो
Sales of machinery @ Rs. 19,000 were wrongly credited in sales account.
c) पेमा सँगको रु २०,००० को वस्तु खरिदलाई बिक्री खातामा अभिलेख गरियो
Purchase goods from Pema Rs. 20,000 recorded in sales book.
B. सन्तुलन परीक्षणबाट निम्नानुसारका विवरणहरू भेटिएको छन्
Following information are extracted from the trial balance

विवरण (Particulars)डेबिट (Debit) रु (Rs.)केडिट (Credit) रु (Rs)
विविध आसामीहरू (Sundry debtors)52,000
खराब ऋणको प्रावधान (Provision for bad debt)7,000
खराब ऋण (Bad debt)1,000
थप जानकारी (Additional information) a) खराब ऋण रु २,००० (Bad debt Rs. 2,000)
b) खराब ऋणको प्रवधान ५% (provision for bad debt @ 5%) तयार गर्नुहोस् (Required): खराब ऋणको प्रावधान खाता (Provision for bad debt account **2** अथवा (Or), A ट्रेडिङ कम्पनीको असमायोजित सन्तुलन परीक्षण विवरण निम्नानुसार दिइएको छ An unadjusted trial balance of 'A' trading concern is given below
विवरण (Particulars)डेबिट (Debit) रु.(Rs.)विवरण (Particulars)केडिट (Credit) रु.(Rs)
जमिन तथा भवन (Land and building)400,000पूँजी (Capital)425,000
आसामी (Debtors)225,000साहु (Creditors)120,000
बैंक मोज्रात (Bank balance)145,000बिक्री (Sales)515,000
तलब (Salary)80,000ऋण (Loan)250,000
कार्यालय खर्च (Office expenses)40,000
खरिद (Purchase)380,000
नगद (Cash)25,000
अग्रिम बीमा (Prepaid insurance)15,000
जम्मा(Total)13,10,000जम्मा(Total)13,10,000
थप जानकारी (Additional information):
a) अग्रिम कार्यालय खर्च (Office expenses prepaid) Rs 3,000
b) जमिनको मूल्य वृद्धि (Land appreciated by) 10%
c) तिर्न बाँकी तलब (Salary outstanding) Rs. 1500
d) खराब ऋण कट्टी (Bad debts written off) Rs. 2500
e) अग्रिम बीमाको समाप्ती (Prepaid insurance expire) Rs. 10,000
तयार गर्नुहोस् (Required): समायोजित सन्तुलन परीक्षण (Adjusted Trial balance) **5**

16.

जनवरी १, २०१८ मा ABC कम्पनीले रु ६,००,००० मा मोटर भेन खरिद गर्यो । जुलाई १, २०१९ मा कम्पनीले अर्को मोटर भेन रु ८,००,००० मा खरिद गर्यो । १ जुलाई २०२० मा पहिला खरिद गरेको मोटर भेनलाई नगद रु ५०,००० घाटामा बिक्रि गर्यो र सोही मितिमा रु १०,००,००० बराबरको अर्को मोटर भेन खरिद गर्यो । स्थिर किस्ता विधिमा मूल्य ह्रासकट्टी १०% का दरले प्रतिवर्ष काटिन्छ र हरेक वर्ष कम्पनीको कारोबार डिसेम्बरको ३१ मा बन्द गरिन्छ ।
On 1st January, 2018 ABC Company purchased a motor van at Rs. 6, 00,000. On 1st July, 2019, company purchased another van worth Rs. 8, 00,000. On 1st July 2020, the first motor van was sold bearing the loss of Rs. 50,000 and on the same date company purchased another van for Rs. 10,00,000. Depreciation was charged @10% p.a. under fixed installment method. The accounts of the company were closed on 31st December each year.
तयार गर्नुहोस् (Required): तीन वर्षकोलागी मोटर भेन खाता (Motor Van account for the first three years) **(1+2+2=5)**

17.

नबीन ट्रेडर्सको चैत्र ३०, २०७१ को सन्तुलित परीक्षण तल दिइएको छ, Trial balance of Nabin Trader on Chaitra 30, 2071 is given below.

विवरण (Particulars)रु (Rs.)विवरण (Particularsरु (Rs.)
बिक्रि खर्च (Selling expenses)5,000कुल नाफा(Gross profit b/d)87,000
ब्याज (Interest)5,000साहु (Creditors)8,000
आसामी (Debtors)25,000बैंक ऋण(Bank loan)19,000
खराब ऋण (Bad debt)2,000खराब ऋणको प्रावधान (Provision for bad debt)2,000
बीमा (Insurance)1,000पूँजी (Capital)50,000
तलब (Salaries)20,000
लगानी (Investment)40,000
नगद (Cash)14,000
मेसिन (Machinery)50,000
भाडा (Rent)4,000
जम्मा (Total)166,000जम्मा (Total)166,000
थप थिप विवरण (Additional information) a) मेसिनरीमा मूल्यह्रास १०% प्रतिवर्ष (Depreciation on machinery 10% p.a)
b) तिर्न बाँकी तलब रु ४००० (Salary payable Rs. 4,000)
c) नयाँ खराब ऋण रु १,००० (New bad debt Rs. 1,000) तयार गर्नुहोस् (Required): a) नाफा नोक्सान खाता (Profit & Loss account)
b) वासलात (Balance sheet) **(3+2)**

18.

रेडकसको निम्नानुसारका विवरणहरू दिइएका छन (Red Cross provides following information): १-१-२०१८ को वासलात (Balance Sheet as on 1-1- 2018)

दायित्व (Liabilities)AmountAssetsAmount
पूँजी कोष (Capital fund)4,00,000स्थर सम्पती (Fixed assets)3,00,000
ऋण (Loan)60,000लगानी (Investments)1,00,000
अन्तिम नगद मौजदात (Closing cash balance)60,000
जम्मा (Total)4,60,000जम्मा (Total)4,60,000
रेडकसको मिति ३१-१२-२०१८ का प्राप्ती र भुक्तानीलाई तल दिइएको छ Receipts and payments of Red Cross are given below as on 31st -12-2018
**प्राप्ती (Receipts)**
सदस्य शुल्क (Subscriptions) Rs. 50,000
प्रवेश शुल्क (Entrance fees) Rs. 30,000
लगानीमा ब्याज (interest on investment) Rs. 5,000
पुरानो फर्निचर बिक्री (Sale of old Furniture) Rs. 5,000
**भुक्तानी (Payment)**
टुनामेन्ट खर्च (Tournament expenses) Rs.10,000
ज्याला(wages) Rs. 20,000
प्रिन्टिङ (Printing) Rs. 7,500
सामान्य खर्च (General expenses) Rs. 12,000
समाचारपत्र(Newspaper) Rs. 1,800
अन्य विवरणहरू निम्नानुसार दिइएको छ (Other information and outstanding are given below):
a) प्रिन्टिङ खर्च तिर्न बाँकी रु ५०० र ज्याला तिर्न बाँकी रु ३०० (Printing outstanding Rs. 500 and wages outstanding Rs. 3,000)
b) ४०% प्रवेश शुल्क पूँजीगत (40% of the entrance fee is to be capitalized)
c) स्थिर सम्पत्तीको मूल्य ह्रास १० % (Fixed assets depreciate by 10%)
d) सदस्य शुल्क बाँकी रु २२,००० (Subscription due for the year Rs. 22,000)
तयार गर्नुहोस् (Required):
a. प्राप्ती र भुक्तानी खाता (Receipts and payment a/c)
b. आय तथा व्यय खाता (Income and Expenditure a/c) **(2+3)**

19.

A. श्वेताले एकोहोरो लेखा प्रणाली अन्तर्गत लेखा राख्ने गर्दछिन् । उनले जनवरी १, २०१७ मा रु २,००,००० मा व्यवसाय शुरु गरिन् । उनी प्रतिमहिना रु २,००० का दरले घर खर्चका लागि व्यवसायबाट नगद भिक्ने गर्दछिन् । उनको वर्षको अन्तिमको व्यवसायको विवरण निम्नानुसार दिइएको छ ।
Shweta keeps her account under the single entry system. She started a business with Rs. 2,00,000 on 1st Jan, 2017. She withdraws Rs. 2,000 per month for household work. The position of her business at the end of the year was as follows;
स्थिर सम्पत्ती (Fixed assets)   Rs. 1,90,000
मौजात (Inventory)   Rs. 85,000
तिनंबाकी खर्च (Due expenses)   Rs. 10,000
साहु (Creditors)   Rs. 50,000
आसामी (Debtors)   Rs. 40,000
बैंक मौजदात (Bank balance)   Rs. 60,000 तयार गर्नुहोस् (Required):
a) अन्तिम अवस्था विवरण (Closing statement of affairs)
b) नाफा नोक्सान विवरण (Statement of profit andloss) **(1+1=2)**
B. जिल्लास्तरीय कार्यालयको कारोबारको निम्नानुसारको विवरण दिइएको छ : Following transactions of District level office are given:
a) चैत १, घरधनी शैलेषलाई प्रति महिना रु ८,००० का दरले ३ महिनाका घरभाडा भुक्तान गरियो ।
Chaitra 1, House rent @ Rs. 8000 per month for three month paid to house owner Sailesh
b) चैत १५, ना.सु. रामचन्द्रले रु ५०००को फर्निचर बिल र रु १०००को बैंक भौचर पेश भएकाले निजको पेश्की रु ६०००फर्छ्यौट गरियो ।
Chaitra 15, Furniture advance of Rs. 5000 was cleared as per bill of Rs. 6000 and bank voucher of Rs. 1000 submitted by Na. Su. Ramchandra
c) कर्मचारीको कार्तिक महिनाको पारिश्रमिक रु ३०००० (सञ्चयकोष थप बाहेक) मध्ये रु ६०००कर्मचारी सञ्चयकोष, रु३०००सामाजिक सुरक्षा कोष र रु १५०० आयकर कट्टा गरी रकम वितरण गरियो ।
Staff renmeration of kartik Rs. 30000 (with out provident fund) was distributed after deducting P.F. Rs. 6000, social security Rs. 300 and income tax Rs. 1500. तयार गर्नुहोस् (Required): जर्नल भौचर (Journal Vouchers) **(1+1+1=3)** अथवा (Or), निम्नानुसारका जानकारीहरू दिइएका छन् (Following information are given):

बजेट उपशिर्षक (Budget sub-heads)वार्षिक बजेट (Annual budget)फाल्गुण सम्मको खर्च (Expenses up to Falgun)
कर्मचारीको खर्च (Employee remuneration)800,000400,000
कार्यालय सामग्री (Office materials)120,00060,000
घरभाडा (House rent)140,00080,000
फर्निचर र फिटिङ (Furniture and fitting)80,00035,000
सवारी साधन (Vehicles)500,000350,000
चैत्र महिनाको खर्च (Expenditure for the month of Chaitra):
चैत १, फर्निचर खरिद रु १०,००० (Chaitra 1: Purchase furniture Rs. 10,000)
चैत ५, सवारी खरिद रु १००,००० (Chaitra 5: Purchase vehicles for Rs.100,000)
चैत १०, अग्रिम भाडा भुक्तानी रु १०,००० (Chaitra 10: Advance rent paid for Rs 10,000)
चैत २८, आय कर रु१०००र सञ्चयकोष रु ८०००कट्टी गरेर कर्मचारीको पारिश्रमिक रु ३५,०००वितरण गरियो । (Chaitra 28 Distributed Rs. 35,000 for employee's remuneration after deducting income tax Rs. 1,000 and P.F. Rs 8,000)
तयार गर्नुहोस् (Required): बजेट विवरण (Budget Sheet) **5**

समूह 'ग'

बिस्तृत उत्तरात्मक प्रश्नहरू / Short Answer Questions
सबै प्रश्नहरूको उत्तर दिनुहोस् । (Attempt All Questions)

[३×८=२४]
20.

समरियन कम्पनीको विवरण निम्नानुसार दिइएका छन्:
Information of Samriyan Enterprises is given below
a) नगद रु २०,०००मा व्यवसाय शुरु
Started a business with Rs. 200,000
b) रामसँग रु १५,०००को समान खरिद
Purchase goods of Rs. 15,000 from Ram
c) नगद रु १८,०००मा समान बिक्रि
Goods sold on cash Rs 18,000
d) रामलाई रु १०,०००नगद तिरियो
Cash paid to Ram Rs. 10,000
e) रामसँग फेरी नगद रु २०,०००को समान खरिद
Again goods purchase from Ram of Rs. 20,000
f) रामलाई रु २४,०००तिरेर सम्पूर्ण कारोबार राफसाफ गरियो
Paid to Ram Rs. 24,000 in full settlement of his account.
तयार गर्नुहोस् (Required):
a. जर्नल भौचर(Journal Entries) b. आवश्यक लेजर (Necessary Ledger) c. सन्तुलन परीक्षण (Trail Balance) **(3+4+1)**

21.

दीपक स्टोरको ३१, डिसेम्बर २०२० को सन्तुलन परीक्षण निम्नानुसार दिइएको छ : The trail balance of Deepak Store as on 31st December, 2020 is given below:

विवरण (Particulars)रु.(Rs.)विवरण (Particulars)रु.(Rs.)
प्लान्ट र मेशिनरी(Plant and machinery)360,000फर्निचर बिक्री नाफा (Gain on sale of furniture)10,000
तलब खर्च(Salary expenses)71,000साहु (Creditor)96,000
विकी भएको वस्तुको लागत (Cost of goods sold)755,000बिक्की (Sales)1053,000
आसामी (Debtors)34,500प्लान्ट र मेशिनरीको सञ्चित मूल्यह्रास (Accumulated depreciation on plant and machinery)45,000
अन्तिमको मौजदात (Stock at end)110,00015% बैंक ऋण (Bank loan)56,000
पूँजी फिर्ता (Drawing)15,000पूँजी (Capital)350,000
10% लगानी (Investment)120,000लगानीमा ब्याज (Interest on investment)10,000
ख्याती (Good will)48,500
ग्यांस र ईन्धन खर्च (Gas and oil expenses)8,000
नगद (Cash)40,000
ममत खर्च (Repair expenses)34,000
अग्रिम बीमा (prepaid insurance)24,000
जम्मा (Total)1620,000जम्मा (Total)1620,000
थप जानकारी (Additional information)
a) तलब बिक्कीको ८०% र प्रशासनिक खर्चको २०%
Salaries are 80% of selling and 20% administrative expenditure.
b) खर्च भाएको बीमा रु १८०००
Insurance expires of Rs. 18,000
c) प्लान्ट र मेशिनरीको मूल्य ह्रास १५%
Depreciation on plant and machinery is 15%
d) ग्यांस तथा ईन्धन खर्चहरू बिक्री खर्च
Gas and oil expenses are selling expenses.
तयार गर्नुहोस् (Required):
a. आय विवरण (Income statement based on NFRS)
b. वासलात (Balance sheet based on NFRS) **(4+4=8)**
अथवा(Or),
सरकारी लेखा प्रणाली भनेको के हो? नया सरकारी लेखा प्रणालीका विशेषताहरू उल्लेख गर्नुहोस् । **(3+5=8)**
What is government accounting? Explain the features of new government accounting system.

22.

A. बैंक नगदी किताब तयार गर्न निम्न कारोबारहरू दिइएका छन् **4** Following transactions are given to prepare a bank cash book.
माघ १, बैंक मौजदात रु ७५,०००
Marga 1: Balance at Bank Rs. 75,000
माघ ३, बजेट निकासा रु ३,२५,०००बराबरको बैंक आदेश प्राप्त भयो
Marga 3: Received bank transfer order Rs. 3, 25,000 as a budget release
माघ ९, फर्निचर खरिदका लागी रु २०,०००को चेक जारी गरियो ।
Marga 9: Issued a cheque of Rs. 20,000 for purchasing furniture.
माघ २२, अधिकृत सुबोध रेग्मीले रु १०,०००को पुस्तक खरिद गरेको बिल र रु ३,०००नगद पेश गरे बमोजिम निजको पेश्की फर्छ्यौट गरियो ।
Marga 22: Cleared advance of Subodh Regmi against the submission of bill of book purchase amount of Rs. 10,000 and cash Rs. 3,000.
माघ ३०, कर्मचारीको माघ महिनाको पारिश्रमिक रु ८८,०००मध्ये रु १६,०००सञ्चयकोष र रु ४,०००आयकर कट्टा गरी बाँकी रकम भुक्तान गरियो ।
Marga 22, Distributed total salary of Rs. 88,000 after deduction of Provident fund Rs. 16,000 and income tax of Rs. 4,000.
B. निम्नानुसारका जानकारीहरू दिइएका छन् (Following information is given):

बजेट शिर्षक (Budget Heads)वार्षिक बजेट (Annual Budget)भाद्र सम्मको खर्च (Expenditure upto Bhadra)आश्विनको खर्च (Expenditure of Aswin)
तलब (Salaries)2,75,00055,00024,000
भत्ता (Allowances)80,00010,0006,000
कार्यालय खर्च(Office expenses)60,00015,0003,000
घरभाडा (House rent)1,50,00025,00012,000
फर्निचर र फिटिङ (Furniture and fittings)75,00035,000--------
मेशिन (Machinery)2,00,000-------80,000
जम्मा (Total)8,40,0001,40,0001,25,000
थप जानकारी (Additional information): a) शोधभर्ना कोष रु २,९५,००० (Revolving fund received Rs. 2, 95,000)
b) नगद मौजदात रु २,००० (Cash Balance Rs. 2,000)
c) फर्छ्यौट हुन बाँकी पेश्की रु १५,०००(Unclear advance Rs. 15,000)
d) नजिकको कार्यालयबाट ऋण रु ३,००० (Loan by nearby office Rs. 3,000) तयार गर्नुहोस् (Required): खर्चको फाँटवारी (Statement of expenditure) **[4]**