NEB Class 11 Economics Question Paper Model questions

Views: ...

Sub.Code : 3031
NEB Grade XI
Model questions
Economics
विद्यार्थीले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।
Candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.
Time : 3 Hrs.
Full Marks: 75
समूह 'क'

अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Very Short Answer Questions)
सबै प्रश्नहरूको उत्तर दिनुहोस् । (Attempt All Questions.)

[11 x 1 = 11]
1.

आर्थिक वस्तु भनेको के हो ?
What is an economic good?

2.

यदि माग फलन : Qd = 150 + 10P र पूर्ति फलन: Qs = 300 – 20P भए सन्तुलित मूल्य पत्ता लगाउनुहोस् ।
If demand function is: Qd = 150 +10P and supply function is: Qs = 300 – 20P, find the equilibrium price.

3.

बन्द अर्थतन्त्र भनेको के हो ?
What is the closed economy?

4.

व्यययोग्य आय कसरी गणना गरिन्छ ?
How is the disposable income calculated?

5.

आर्थिक विकास भनेको के हो ?
What is the economic development?

6.

नेपाली अर्थतन्त्रका कुनै दुई विशेषता लेख्नुहोस् ।
Write any two features of Nepalese Economy.

7.

कृषि क्षेत्रमा खनिज सम्पदाका कुनै दुई उपयोग उल्लेख गर्नुहोस् ।
Mention any two uses of mineral resources in the agriculture sector.

8.

इन्टरनेटका कुनै दुई उपयोग लेख्नुहोस् ।
Write any two applications of internet.

9.

अर्थशास्त्रमा गणितको कुनै दुई प्रयोग लेख्नुहोस् ।
Write any two uses of Mathematics in Economics.

10.

3x² को डिफेरेन्सियल गुणाङ्क पत्ता लगाउनुहोस् ।
Find the differential coefficient of 3x².

11.

दुई बिन्दुहरू A(2, 3) र B(5, 7) बाट जाने सिधा रेखाको ढ्काब पत्ता लगाउनुहोस् ।
Find the slope of the straight line passing through the points A(2, 3) and B(5, 7).

समूह 'ख'

संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Short Answer Questions)
सबै प्रश्नहरूको उत्तर दिनुहोस् । (Attempt All Questions)

[8 x 5 = 40]
12.

मार्शलको अर्थशास्त्रको परिभाषा व्याख्या गर्नुहोस् ।
Explain the Marshallian definition of economics.
अथवा (Or),
श्रम भनेको के हो ? यसका विशेषताहरू व्याख्या गर्नुहोस् ।
What is labour? Explain its features. (1+4=5)

13.

मागको नियम व्याख्या गर्नुहोस् ।
Explain the law of demand.

14.

दिइएको तालिकाको आधारमा तलका प्रश्नहरूको उत्तर दिनुहोस् । Answer the following questions based on the given table. (2.5+2.5=5)

मूल्य/के.जी. [Price(Rs./Kg.)]51015
पूर्ति परिमाण (के.जी.) [Quantity supplied (Kg.)]123
क.   वस्तुको मूल्य रु. ५ बाट वृद्धि भएर रु. १५ हुँदा पूर्तिको लोच पत्ता लगाउनुहोस् । Find the elasticity of supply when the price of a commodity increases from Rs. 5 to Rs. 15. ख.   वस्तुको मूल्य रु. १५ बाट घटेर रु. १० हुँदा पूर्तिको लोच पत्ता लगाउनुहोस् । Find the elasticity of supply when price of a commodity decreases from Rs. 15 to Rs. 10.

15.

दिइएको तालिकाको आधारमा तलका प्रश्नहरूको उत्तर दिनुहोस् । Answer the following questions based on the given table: (2+1.5+1.5=5)

उपभोग गरिएको वस्तुका एकाइ (Unit of commodity consumed)कुल उपयोगिता (Total utility)सीमान्त उपयोगिता (Marginal utility)
15
29
312
414
515
615
714
812
क.   दिइएको तालिका पूरा गर्नुहोस् ।
Complete the given table.
ख.   पूरा गरिएको तालिकाबाट कुल र सीमान्त उपयोगिता वक्ररेखा रचना गर्नुहोस् ।
Draw the total and marginal utility curves from the completed table.
ग.   कुल र सीमान्त उपयोगिता वक्ररेखाबिचको सम्बन्ध देखाउनुहोस् ।
Show the relationship between total and marginal utility curves.

16.

मुद्राका कार्यहरू उल्लेख गर्नुहोस् ।
Mention the functions of money.

17.

नेपाल आर्थिक विकासको प्रक्रियामा पछि पर्नुका कारणहरूको लेखाजोखा गर्नुहोस् ।
Evaluate the causes of Nepalese economy lagging behind in the process of economic development.

18.

जलवायु परिवर्तनले नेपालको अर्थतन्त्रमा पारेका प्रभावहरू व्याख्या गर्नुहोस् ।
Explain the effects of climate change in the economy of Nepal.

19.

बिन्दु A (-5, 10) बाट पार्हुने तथा दुवै अक्षमा बराबर खण्ड बनाउने सिधा रेखाको समीकरण पत्ता लगाउनुहोस् ।
Find the equation of straight line which passes through the point A (-5, 10) and makes equal intercepts on both axes.
अथवा (Or),
यदि कुनै एउटा वस्तुको दिइएको उत्पादन फलन : Q = 4L + 3L² + 7L³ छ भने तलका प्रश्नहरू समाधान गर्नुहोस् । If the production function is given by : Q = 4L + 3L² + 7L³, then solve the following questions): क.   सीमान्त उत्पादन फलन पत्ता लगाउनुहोस् । Find marginal production function. ख.   श्रम ५ एकाइ हुँदाको सीमान्त उत्पादन पत्ता लगाउनुहोस् । Find the marginal product when unit of labour is 5.

समूह 'ग'

लामो उत्तरात्मक प्रश्नहरू (Long Answer Questions)
सबै प्रश्नहरूको उत्तर दिनुहोस् । (Attempt All Questions)

[3 X 8 = 24]
20.

दिइएको तालिकाको आधारमा तलका प्रश्नहरूको उत्तर दिनुहोस् । Answer the following questions based on the given table:

जग्गा रोपनीमा (Land in Ropanies)श्रमका एकाइ (Unit of Labour)कुल उत्पादन के.जी.मा (Total product in Kg.)औसत उत्पादनके.जी.मा (Average product in Kg.)सीमान्त उत्पादन के.जी.मा (Marginal product in Kg.)
150---
15110
15230
15360
15480
15590
15690
15780
15860
क.   औसत र सीमान्त उत्पादन गणना गरी तालिका पूरा गर्नुहोस् । Complete the table by computing the average product and marginal product. ख.   उत्पादनका तीनवटा चरणहरूलाई रेखाचित्रमा देखाई व्याख्या गर्नुहोस् । Show the three stages of production in a diagram and explain.

21.

नेपाल जस्ता विकासोन्मुख देशहरूमा राष्ट्रिय आय गणना गर्न किन कठिनाइ हुन्छ । व्याख्या गर्नुहोस् ।
Why measurement of national income is more difficult in developing countries like Nepal? Explain.

22.

नेपालमा कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा भएका प्रयासहरूको लेखाजोखा गर्नुहोस् । Evaluate the efforts made for the modernization and commercialization of agriculture in Nepal.
अथवा (Or),
नेपालको आर्थिक विकासमा औद्योगिक क्षेत्रको भूमिका समीक्षा गर्नुहोस् । Examine the role of industrial sector in the economic development of Nepal.