NEB Class 11 Marketing Model Question Paper

Views: ...

Sub.Code : 3071
NEB Grade XI
Model Questions
Marketing
विद्यार्थीले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँछ ।
Candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.
Time : 3 Hrs.
Full Marks: 75
समूह 'क'

अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Very Short Answer Questions)
सबै प्रश्नहरूको उत्तर दिनुहोस् (Attempt All Questions)

[11×1=11]
1.

बजारशास्त्र भनेको के हो ?
What is marketing?

2.

बजारशास्त्रको उपभोक्ता प्रतिको कुनै दुई महत्व उल्लेख गर्नुहोस् ।
Mention any two importance of marketing towards customer.

3.

बजारशास्त्रको आधुनिक अवधारणाको व्याख्या गर्नुहोस् ।
Explain modern marketing concept.

4.

बजारशास्त्रको वस्तु अवधारणा र विक्रय अवधारणा बीचको कुनै दुई भिन्नता देखाउनुहोस् ।
List out any two differences between product concept and selling concept of marketing

5.

बजारशास्त्र समिश्रणको अर्थ लेख्नुहोस् ।
Write the meaning of marketing mix.

6.

माग चाहना भन्दा कसरी भिन्न छ ?
How demand is different from want?

7.

बजारलाई परिभाषित गर्नुहोस् ।
Define Market.

8.

वितरण भन्नाले के बुफन्नुहुन्छ ?
What is meant by distribution?

9.

खरिदकर्ताको अर्थ लेख्नुहोस् ।
Write the meaning of buyer.

10.

बजारशास्त्र सूचना प्रणालीका कुनै दुई विशेषताहरू उल्लेख गर्नुहोस् ।
List any two features of Marketing Information system.

11.

आन्तरिक अभिलेख प्रणालीको अवधारण व्याख्या गर्नुहोस् ।
Explain the concept of internal records.

समूह 'ख'

संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Short Answer Questions)
सबै प्रश्नहरूको उत्तर दिनुहोस् । (Attempt All Questions)

[8×5=40]
12.

बजारशास्त्र अध्ययनका विभिन्न अवधारणाहरू व्याख्या गर्नुहोस् ।
Explain the different approaches to the study of marketing. अथवा(Or)
बजारशास्त्रको ऐतिहासिक विकासक्रमका बारेमा छलफल गर्नुहोस् ।
Discuss the historical development of marketing.

13.

तपाईँले आफ्नो करेसाबारीमा सागसब्जी उत्पादन गर्नु भएको छ र सागसब्जी विक्री गर्न चाहनुहुन्छ । तपाईँ कसरी उक्त सागसब्जीको माग सृजना गर्नुहुन्छ ? व्याख्या गर्नुहोस् ।
If you have produced vegetables from your kitchen garden and you want to sell them. How do you create demand for vegetables? Explain.

14.

बजारशास्त्रको आन्तरिक वातावरणको व्याख्या गर्नुहोस् ।
Explain the internal environment of marketing.

15.

नेपालको सन्दर्भमा थोक विकेताका बजारशास्त्रसँग सम्बन्धित कार्यहरूको वर्णन
गर्नुहोस।
Describe the marketing functions of wholesaler in the context of Nepal.

16.

वितरण प्रणलीमा एजेन्ट र खुद्रा व्यापारीको महत्वमाथि समीक्षा गर्नुहोस् ।
Review the importance of agent and retailer in the distribution channel.

17.

उपभोक्ताको खरिद प्रक्रियामा प्रभाव पार्ने तत्वहरू के के हुन् । तपाईँको विचारमा खरिदमा प्रभाव पाने महत्वपूर्ण तत्व कुन हो?
What are various factors affecting consumers buying decisions? In your opinion which factor is more influential?

18.

खरिद व्यवहार अध्ययनको आवश्यकताको विवेचना गर्नुहोस् ।
Examine the need for studying buyer behavior.

19.

बजारशास्त्रमा बौद्धिक प्रणालीको महत्व वर्णन गर्नुहोस। Describe the importance of marketing intelligence system.
अथवा(Or)
बजारशास्त्र अनुसन्धानका प्रक्रियाहरूको व्याख्या गर्नुहोस् ।
Explain about the process of marketing research.

समूह 'ग'

लामो उत्तरात्मक प्रश्नहरू (Long Answer Questions)
सबै प्रश्नहरूको उत्तर दिनुहोस् । (Attempt All Questions)

[3×8=24]
20.

बजारशास्त्रका विभिन्न अवधारणाहरूको व्याख्या गर्नुहोस् । तपाईँको विचारमा अहिलेको सन्दर्भमा बजाशास्त्रको कुन अवधारणा बढी प्रचलित छ ?
Discuss about the various types of marketing concept. From your view point which concept is popular in present scenario?

21.

बजारका विभिन्न प्रकारहरू उदाहरण सहित छलफल गर्नुहोस् साथे नेपाली बजारका विशेषता व्याख्या गर्नुहोस् ।
Discuss different types of market with suitable example. Also, explain the features of Nepalese market.

22.

बजारशास्त्रका बृहत तथा अनियन्त्रित वातावरणको अवधारणा र विशेषताहरू छलफल गर्नुहोस् । बजारशास्त्र व्यवसायपकलाई किन यसको अध्ययन जरुरी छ ? व्याख्या गर्नुहोस् । Discuss the concept and features of macro or uncontrollable environment of marketing. Why marketing manager needs to study of it? Explain.
अथवा (Or)
संस्थागत खरिदकर्ताका खरिद प्रक्रियाहरू व्याख्या गर्नुहोस् । संस्थागत खरिद व्यवहारलाई प्रभाव पार्ने प्रमुख तत्वको चर्चा गर्नुहोस् । Explain the buying process of an organizational buyer. Also explain the major determinants of organizational buying behavior.