NEB Class 12 Accounting Question Paper 2081 (2024)

Views: ...

Sub.Code : 1041'B'
NEB Grade XII
2081 (2024)
Accounting
(New Course)
(रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७५, ७९ र ८० भएका नियमित तथा ग्रेडवृद्धि परीक्षार्थीहरूका लागि मात्र)
विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ। दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँदछ।
Candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.
Time: 3 hrs.
Full Marks: 75
समूह 'क'

सबै प्रश्नको उत्तर दिनुहोस् । (Attempt all the questions)
अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Very short answer questions)

[११×१=११]
1.

वैधानिक कम्पनी भन्नाले के बुझ्नुहुन्छ ?
What is statutory company ?

2.

पूर्वाधिकार शेयरका कुनै दुईवटा प्रकारहरू उल्लेख गर्नुहोस् ।
State any two types of preference share.

3.

स्थिर सम्पतिका कुनै दुई वँदाहरू सूचिकृत गर्नुहोस् । (List any two items of fixed assets.)

4.

वित्तीय लेखाका कुनै दुईवटा सीमाहरू लेख्नुहोस् ।
Write any two limitations of financial accounting.

5.

स्थिर अप्रत्यक्ष खर्चको अर्थ उल्लेख गर्नुहोस् । (Mention the meaning of fixed overhead.)

6.

केन्द्रीकृत भण्डारण भन्नाले के बुझ्नुहुन्छ ?
What do you mean of centralized store.

7.

समयदर ज्याला प्रणालीका कुनै दुईवटा फाइदाहरू उल्लेख गर्नुहोस् ।
State any two advantages of time rate system of wages payment.

8.

एम एस एक्सेलको बारेमा लेख्नुहोस् ।
Write about MS-Excel.

9.

रु. ५,००० अग्रिम भाडालाई भाडा खर्च लेख्ने समायोजन प्रविष्टी तयार गर्नुहोस् ।
Prepare the adjustment entry of pre-paid rent expired of Rs. 5,000.

10.

निम्न जानकारीको आधारमा वित्तीय क्रियाकलापको नगद प्रवाह गणना गर्नुहोस् ।
Calculate the amount of cash from financing activities from the following information.

विवरण (Particulars)2015 (Rs.)2016 (Rs.)
शेयर पूँजी (Share capital)2,00,0004,00,000
ऋणपत्र (Debentures)1,00,00050,000
लाभांश भुक्तानी (Dividend paid)-20,000

11.

यदि आदेश सङ्ख्या ६ पटक र मितव्ययी आदेश परिमाण ३,००० के.जी. छ भने वार्षिक परिमाण पत्ता लगाउनुहोस् ।
If number of order is 6 times and Economic order quantity is 3,000 kg. Find out annual requirement.

समूह 'ख'

संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Short answer questions)

[८×५=४०]
12.

एउटा कम्पनीले रु. १०० प्रति शेयरका दरले १० प्रतिशत छुटमा निम्नानुसार भुक्तानी गर्ने गरी ५,००० कित्ता शेयरहरू जारी गऱ्यो ।
A company issued 5,000 shares of Rs.100 each at a discount of 10%.

आवेदन साथ (On application)   Rs. 30 per share
बाँडफाँडमा (On allotment)   Rs. 40 per share
प्रथम तथा अन्तिम किस्तामा (On first and final call)   Rs. 20 per share

७,००० कित्ताको लागि आवेदन प्राप्त भयो र बाँडफाँड निम्नानुसार गरियो ।
Applications were received for 7,000 shares and allotment were made as under :

२,००० निवेदकलाई (2,000 applicants)   2,000 share
४,००० निवेदकलाई (4,000 applicants)   3,000 share
१,००० निवेदकलाई (1,000 applicants)   Nil

आवेदनमा प्राप्त बढी रकम बाँडफाँडमा प्रयोग गर्ने निर्णय गरियो । सबै कित्ताको रकम माग गरियो र प्राप्त भयो तर ३०० कित्ता प्राप्त गर्ने एकजना शेयर धनीले प्रथम तथा अन्तिम किस्ताको रकम चुक्ता गरेनन् ।
It is resolved that the excess amount paid on applications is to be adjusted against amount due on allotment. All money were duly received except a shareholder holding 300 shares, failed to pay calls money.

तयार गर्नुहोस् (Required):   [१.५+२+१.५]
आवेदन, बाँडफाँड र अन्तिम किस्ता भौचरहरू
Entries for Application, Allotment and First and Final call.

13.

(I) एउटा कम्पनीले रु. ५,५०,००० मूल्यमा निम्न सम्पति खरिद गऱ्यो ।
A company purchased the following assets at an agreed price of Rs. 5,50,000.

प्लान्ट (Plant)   Rs. 2,60,000
भवन (Building)   Rs. 3,65,000

उक्त खरिद मूल्य १० प्रतिशत अतिरिक्त मूल्यमा रु.१०० दरका शेयर निष्काशन गरी भुक्तानी गरियो ।
The company paid the agreed price by issuing shares of Rs. 100 each at 10% premium.

तयार गर्नुहोस् (Required):   [१+१]
सम्पति खरिद तथा शेयर निष्काशनको अभिलेख
Entries for purchase of assets and issue of share.

(II) कम्पनीले रु. १०० दरले ४,००० ऋणपत्रहरू अंकित मूल्यमा जारी गऱ्यो । ती ऋणपत्रहरू ५ वर्ष पछि अतिरिक्त १० प्रतिशत थपका दरले फिर्ता गरियो ।
A company Ltd. issued 4,000 debentures of Rs. 100 each at par. These debentures were redeemed after 5 years at 10% premium.

तयार गर्नुहोस् (Required):   [३]
ऋणपत्र जारी र फिर्ता भौचरहरू
Entries for issue and redemption of debentures

14.

एउटा कम्पनीको वित्तीय कारोबारको विवरण निम्नानुसार दिइएको छ :
The following financial transactions of a company is given below :

विवरण (Particulars)रु. (Rs.)
शुरु मौजदात (Opening stock)2,00,000
खरिद (Purchase)17,50,000
भित्री ढुवानी भाडा (Carriage inward)40,000
कारखाना खर्च (Factory expenses)4,00,000
अग्रिम बिमा भुक्तानी (Pre-paid insurance)50,000
तलब (Salaries)1,75,000
मसलन्द (Stationary)25,000
बिक्री (Sales)25,00,000
पूँजी (Capital)3,00,000
लगानीमा ब्याज (Interest on investment)2,00,000
थप जानकारी (Additional information):
i)   अन्तिम मौजदात (Closing stock)   Rs. 2,00,000
ii)   अग्रिम बिमा भुक्तानी खर्च लेखियो (Pre-paid insurance expired)   Rs. 20,000
iii)   खराब ऋण (Bad debt)   Rs. 5,000

तयार गर्नुहोस् (Required):   [२+३]
a)   व्यापार हिसाब खाता (Trading Account)
b)   नाफा नोक्सान खाता (Profit & Loss Account)

15.

कम्पनीको सन्तुलन परीक्षण निम्नानुसार छ :
Trial balance of a company is as under :

विवरण (Particulars)Dr. (Rs.)विवरण (Particulars)Cr. (Rs.)
खरिद (Purchase)17,000बिक्री (Sales)30,500
ज्याला (Wages)4,000शेयर पूँजी (Share capital)20,000
मेशिनरी (Machinery)30,000ऋण (Loan)2,000
आसामी (Debtors)8,000साहुहरू (Creditors)3,500
भाडा (Rent)4,500नाफा नोक्सान खाता (Profit & Loss A/C)7,500
जम्मा (Total)63,50063,500
थप जानकारी (Additional information):
i)   तिर्न बाँकी ज्याला (Outstanding wages) :   Rs.1,000
ii)   मेशिनरीमा हासकट्टी (Depreciation on machinery) :   @10%
iii)   प्रस्तावित लाभांश (Proposed dividend) :   @10%

तयार गर्नुहोस् (Required):   [५]
कार्य विवरण (Work sheet)

16.

लागत भनेको के हो ? तत्वको आधारमा लागत वर्गीकरणको व्याख्या गर्नुहोस् ।   [२+३]
What is cost ? Explain the classification of cost on the basis of element.

17.

(I) सामग्रीको संकेतीकरण भन्नाले के बुझ्नुहुन्छ ?   [२]
What do you meant by material codification.

(II) एउटा कम्पनीको गत महिनाको मौजदात अवस्था तल दिइएको छ :
Inventories position of a company of last month are given below :

चैत (Chaitra) 1:   शुरु मौजदात (Opening inventory)   650 units@ Rs. 8
चैत (Chaitra) 6:   खरिद (Purchase)   500 units@ Rs. 9
चैत (Chaitra) 15:   खरिद (Purchase)   800 units@ Rs.10

मौजदातको गणना गर्दा महिनाको अन्त्यमा ५५० एकाई बाँकी देखिन्छ । कम्पनीले आवधिक मौजदात प्रणाली प्रयोग गर्दछ ।
The physical inventory counts at the end of the month shows 550 units on hand. The company uses periodic inventory system.

पत्ता लगाउनुहोस् (Required):   [३]
बिक्री वस्तुको लागत र अन्तिम मौजदातको लागत (प्रथम आगमन प्रथम निष्काशन विधिबाट)
Cost of goods sold and cost of closing stock under FIFO method.

18.

(I) निम्न जानकारी दिइएको छ । (The following information are given) :
प्रति घण्टा उत्पादन (Hourly production)   4 units
प्रति घण्टा ज्यालादर (Hourly wage rate)   Rs. 200
जम्मा उत्पादन (Total production)   800 units

पत्ता लगाउनुहोस् (Required):   [२]
जम्मा ज्याला (Total wages payable)

(II) लागत तथा वित्तीय लेखा तुलना गर्दा निम्न तथ्यहरू फेला पऱ्यो ।
On reconciliation of cost and financial account following facts were located.

खर्चका शीर्षकहरू (Heads of expenses)वित्तीय लेखा (Financial account)लागत लेखा (Cost account)
मूल्य ह्रासकट्टी (Depreciation)65,00085,000
अन्तिम मौजदात (Closing stock)25,00020,000
लाभांश प्राप्त (Dividend received)5,000-
लागत लेखाको आधारमा मुनाफा (Profit as per cost account)-95,000
तयार गर्नुहोस् (Required):   [३]
लागत तथा वित्तीय लेखाको हिसाब मिलान विवरण
Reconciliation statement of cost and financial account

19.

लेखा विधिमा सफ्टवेयरको अर्थ लेख्नुहोस् । सफ्टवेयर प्रणालीका कुनै तीन फाइदाहरू व्याख्या गर्नुहोस् ।   [२+३]
Write the meaning of software in accounting. Explain any three advantages of software system.

समूह 'ग'

विस्तृत उत्तरात्मक प्रश्नहरू (Long answer questions)

[३×८=२४]
20.

एउटा कम्पनीको गत वर्ष ३१ असारको सन्तुलन परीक्षण निम्नानुसार छ :
A trial balance on 31st Ashar last year of a company is as follows :

विवरण (Particulars)Dr. (Rs.)Cr. (Rs.)
खरिद (Purchase)3,20,000
सुरु मौजदात (Opening stock)20,000
अग्रिम बिमा भुक्तानी (Prepaid insurance)18,000
भाडा (Rent)36,000
तलब (Salary)60,000
बिक्री कमिशन (Sales commission)22,000
प्लान्ट र उपकरण (Plant & equipment)3,00,000
विज्ञापन (Advertising)16,000
आसामीहरू (Debtors)40,000
व्याज (Interest)10,000
नगद तथा बैंक मौजदात (Cash and bank balance)42,000
जैविक सम्पतिहरू (Biological assets)80,000
लगानी (Investment)2,20,000
लेखापरीक्षण खर्च (Audit expenses)34,000
शेयर पूँजी (Share capital)4,00,000
बिक्री (Sales)6,70,000
साहुहरू (Creditors)30,000
कमिशन (Commission)18,000
ऋण (Loan)1,00,000
जम्मा (Total)12,18,00012,18,000
थप जानकारीहरू (Additional information):
i)   अन्तिम मौजदात (Closing stock) :   Rs.32,000
ii)   अग्रिम भुक्तानी बिमा खर्च (Prepaid insurance was expired):   Rs. 12,000
iii)   प्लान्ट र उपकरणको मूल्य ह्रासकट्टी १०% का दरले
  Depreciated plant and equipment by 10%
iv)   आयकर व्यवस्था (Provision for tax) :   30%

तयार गर्नुहोस् (Required):   [४+४]
a)   NFRS अनुसार नाफा र नोक्सान विवरण (Profit or loss statement based on NFRS)
b)   NFRS अनुसार वित्तीय अवस्थाको विवरण (Statement of financial position based on NFRS)

OR (अथवा)

a)   बहुचरण आय विवरण (Multi-step income statement)
b)   वित्तिय अवस्थाको विवरण (Statement of financial position)

21.

एउटा कम्पनीको दुई वर्षको बासलात तथा अन्य जानकारी निम्न प्रकार छ :
The two years balance sheet and other information of a company are as follows.

दायित्वहरू LiabilitiesYear I Rs.Year II Rs.सम्पत्तिहरू AssetsYear I Rs.Year II Rs.
पूँजी (Capital)3,80,0004,95,000उपकरणहरू (Equipments)1,50,0001,35,000
ऋणपत्रहरू (Debentures)1,50,00090,000लगानीहरू (Investments)2,50,0003,75,000
साहुहरू (Creditors)30,00062,500मौजदात (Stock)75,00090,000
तिर्नुपर्ने खर्च (Outstanding expenses)5,0007,500आसामीहरू (Debtors)45,00070,000
अवितरित नाफा (Retained earning)35,00035,000नगद (Cash)80,00020,000
जम्मा (Total)6,00,0006,90,000जम्मा (Total)6,00,0006,90,000
थप जानकारीहरू (Additional information):
i)   दोस्रो वर्षको बिक्री (Sales for the year II):   Rs. 4,65,000
ii)   बिक्री वस्तुको लागत (Cost of goods sold)   Rs. 2,10,000
iii)   सञ्चालन खर्च (Operating expense)   Rs. 1,45,000
iv)   लगानीको अतिरिक्त खरिद (Additional purchase of investment)   Rs. 1,25,000
v)   आयकर भुक्तानी (Tax paid)   Rs. 35,000
vi)   उपकरण बिक्री रु. ३०,००० र खरिद रु. ४५,०००
  Equipment sold Rs. 30,000 and purchased   Rs. 45,000
vii)   लाभांश भुक्तानी (Dividend paid)   Rs. 45,000

तयार गर्नुहोस् (Required):   [४+१.५+१.५+१]
प्रत्यक्ष विधिको प्रयोग गरी नगद प्रवाह विवरण (Cash flow statement using direct method)

22.

एउटा खाद्य उद्योगको गत वर्षको उत्पादन सम्बन्धी विवरण निम्नानुसार छ :
A food industry showed the following details of its production for the previous year.

प्रत्यक्ष सामग्रीहरू (Direct materials)   Rs. 1,80,000
प्रत्यक्ष ज्याला (Direct wages)   Rs. 1,20,000
कारखाना अप्रत्यक्ष खर्च (Factory overhead)   Rs. 60,000
कार्यालय अप्रत्यक्ष खर्च (Office overhead)   Rs. 36,000

उद्योगले अर्को लटको लागि जम्मा लागत र त्यसको बिक्री मूल्य अनुमान गर्न चाहन्छ । लागत विभागले गरेको प्रत्यक्ष लागत अनुमान निम्नानुसार छ :
The industry wants to estimate the total cost and its selling price for next lot. The cost department estimated the direct cost as follows ;

प्रत्यक्ष सामग्री (Direct material)   Rs. 40,000
प्रत्यक्ष ज्याला (Direct wages)   Rs. 30,000

तल दिइएको रुपमा अप्रत्यक्ष खर्चको बाँडफाँड गरिनेछ ।
(Overheads are to be allocated as below :)

कारखाना अप्रत्यक्ष खर्च : प्रत्यक्ष ज्यालाको आधारमा
Factory overhead : on the basis of direct wages.
कार्यालय अप्रत्यक्ष खर्च : कारखाना लागतको आधारमा ।
Office overhead : on the basis of factory cost.
मुनाफा बिक्रीको २०% (Profit : 20% on sales)

तयार गर्नुहोस् (Required):   [४+४]
a)   गत वर्षको लागत विवरण (Cost Sheet of previous year)
b)   अर्को लटको लागि बोलपत्र मूल्य (Tender price for next lot)