NEB Class 12 Business Studies Question Paper 2080 (2023)

Views: ...

Sub.Code : 2161'B'
NEB Grade XII
2080 (2023)
Business Studies
विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ। दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँदछ।
Candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.
Time: 3 hrs.
Full Marks: 75
समूह 'क'

सबै प्रश्नको उत्तर दिनुहोस् । (Attempt all the questions.)
अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू/ Very short answer questions

[११×१=११]
1.

एउटा उदाहरण सहित मध्यमतरीय व्यवस्थापनको अर्थ लेख्नुहोस् ।
Write the meaning of middle level management with an example.

2.

निर्णय कार्यलाई परिभाषित गर्नुहोस् ।
Define decision making.

3.

कुनै दुई प्रकारका योजनाहरू उल्लेख गर्नुहोस् ।
State any two types of plan.

4.

समिति संगठनात्मक संरचनाको एउटा नमूना तयार पार्नुहोस् ।
Draw a specimen of committee organizational structure.

5.

सुपरीवेक्षण भनेको के हो ? (What is post supervision ?)

6.

नेतृत्वशैलीका प्रकारहरू उल्लेख गर्नुहोस् । (State types of leadership style.)

7.

वित्त व्यवस्थापकले बिक्री सहायकसँग गर्ने सञ्चारको प्रकारको चित्र तयार पार्नुहोस् ।
Draw a figure to show the types of communication a finance manager should have with a sales assistant.

8.

द्वन्द्व व्यवस्थापनको अर्थ लेख्नुहोस् । (Write the meaning of conflict management.)

9.

आपूर्ति श्रृंखला व्यवस्थापनको महत्त्व लेख्नुहोस् ।
Write the importance of supply chain management.

10.

वैज्ञानिक व्यवस्थापनका सिद्धान्तहरू उल्लेख गर्दै व्याख्या गर्नुहोस् ।
State and explain the principles of scientific management.

11.

प्रेरणाको अर्थ र महत्त्व लेख्नुहोस् ।
Write the meaning and importance of motivation.

समूह 'ख'

संक्षिप्त उत्तरात्मक प्रश्नहरू/ Short answer questions

[७×४=२८]
12.

निर्णय लिइने विभिन्न अवस्थाहरूको व्याख्या गर्नुहोस् । Describe the different conditions of decision making. अथवा (Or) विभिन्न प्रकारका योजनाहरूको व्याख्या गर्नुहोस् । Describe the various types of plan.

13.

अधिकारको प्रत्यायोजन र विकेन्द्रीकरणबीचको भिन्नता छुट्याउनुहोस् ।
Distinguish between delegation and decentralization of authority.

14.

प्रभावकारी सञ्चार प्राप्तिका उपायहरू सुझाउनुहोस् ।
Suggest the ways for effective communication.

15.

नेतृत्व गर्नुको अर्थ र महत्त्व व्याख्या गर्नुहोस् ।      १+४ Describe the meaning and importance of leading. अथवा (Or) सुपरीवेक्षणलाई प्रभावपार्ने तत्त्वहरूको वर्णन गर्नुहोस् । Explain the factors affecting supervision.

16.

आपूर्ति श्रृंखला व्यवस्थापनको अर्थ र महत्त्व वर्णन गर्नुहोस् ।      १+४ Explain the meaning and importance of supply chain management.

17.

व्यावसायिक पत्रको संरचनाको नमूना तयार गरी वर्णन गर्नुहोस् ।
Sketch and explain the structure of business letter.

18.

व्यवसायमा संगठन कार्यगर्दा कुन कुन सिद्धान्तहरू प्रयोग गर्न सकिन्छ ? वर्णन गर्नुहोस् । What are the principles of organizing which can be used in organizing a business ? Explain.

19.

माश्लोको आवश्यकता श्रृंखला उत्प्रेरणा सिद्धान्तको आलोचनात्मक समीक्षा गर्नुहोस् ।
Critically examine the Maslow's Need Hierarchy Motivation Theory.

समूह 'ग'

विस्तृत उत्तरात्मक प्रश्नहरू/ Long answer questions

[३×८=२४]
20.

व्यावसायिक योजनामा समावेश गरिनु पर्ने प्रमुख तत्त्वहरूसहित एउटा व्यावसायिक योजना तर्जुमा गर्नुहोस् । Prepare a business plan with its major elements.
अथवा (Or)
पारिवारिक व्यवसाय व्यवस्थापनको प्रकृति र भूमिकाबारे व्याख्या गर्नुहोस् ।    २+६ Describe the nature and roles of family business management.