NEB Class 12 Business Studies Question Paper 2082 (2025)

Views: ...

Sub.Code : 2161
NEB Grade XII
2082 (2025)
Business Studies
(रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७८, ७९, ८० र ८१ भएका नियमित तथा आंशिक परीक्षार्थीहरूका लागि मात्र)
विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ। दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँदछ।
Candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.
Time: 3 hrs.
Full Marks: 75
समूह 'क'

सबै प्रश्नको उत्तर दिनुहोस् । (Attempt all the questions.)
अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू/ Very short answer questions

[११×१=११]
1.

व्यवस्थापनका कुनै दुई कार्यहरू उल्लेख गर्नुहोस् ।
Mention any two functions of management.

2.

योजनाका कुनै दुई फाइदाहरू लेख्नुहोस् । (Write any two benefits of planning.)

3.

सञ्चालन निर्णय कसले लिने गर्दछन् ? (Who takes operational decision ?)

4.

विभागीय संगठनात्मक संरचनाको एउटा चित्र कोर्नुहोस् ।
Draw a picture of divisional organizational structure.

5.

व्यवसायका लागि सुपरीवेक्षण किन महत्त्वपूर्ण हुन्छ ?
Why is supervision important for business ?

6.

उत्प्रेरणाको अर्थ लेख्नुहोस् । (Write the meaning of motivation.)

7.

मानव संसाधन प्रबन्धक, उत्पादन प्रबन्धक र विक्री प्रबन्धक बिच हुने सञ्चारको चित्र कोर्नुहोस् ।
Draw a figure to show the types of communication between human resources manager, production manager and marketing manager.

8.

प्रतिभा व्यवस्थापनको अर्थ लेख्नुहोस् । (Write the meaning of talent management.)

9.

पारिवारिक व्यवसाय व्यवस्थापनको कुनै दुई प्रकृति सूचीबद्ध गर्नुहोस् ।
List any two nature of family business management.

10.

व्यवसायमा आपूर्ति शृंखला व्यवस्थापन किन महत्त्वपूर्ण छ ?
Why is supply chain management important in a business ?

11.

व्यावसायिक पत्रका दुई उपयोगहरू के के हुन् ?
What are the two usages of business letter ?

समूह 'ख'

संक्षिप्त उत्तरात्मक प्रश्नहरू/ Short answer questions

[८×५=४०]
12.

उच्चस्तरको व्यवस्थापन, मध्यमस्तरको व्यवस्थापन र निम्नस्तरको व्यवस्थापन बिच तुलना गर्नुहोस् ।
Compare the top level of management, middle level management and lower level management.

13.

वैज्ञानिक व्यवस्थापनको सिद्धान्त कसले विकास गरेका हुन् ? यसका चारवटा सीमाहरू वर्णन गर्नुहोस् । [१+४]
Who developed the principles of scientific management ? Describe any four limitations of it.

14.

निर्णय लिने कार्यले व्यवसायमा किन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ?
Why decision making plays a significant role in business ? अथवा (Or) उदाहरणसहित कुनै चार प्रकारका योजनाहरू वर्णन गर्नुहोस् ।
Describe any four types of plan with examples.

15.

फाइदासहित म्याट्रिक्स संगठनात्मक संरचना वर्णन गर्नुहोस् । [३+२]
Describe Matrix organization structure with its benifits.

16.

उच्च सीप, योग्यता र अनुभव भएका कर्मचारीहरू भएको संगठनमा कस्तो नेतृत्वशैली उपयुक्त हुन्छ ? किन ? यसका अवगुणहरू वर्णन गर्नुहोस् । [१+२+२]
What types of leadership style is suitable for organization having highly skilled, qualified and experienced employees ? Why ? Describe its demerits.

17.

नियन्त्रण भनेको के हो ? यसका महत्त्वहरू वर्णन गर्नुहोस् । [१+४]
What is controlling ? Describe its importance.

18.

व्यवसायका लागि प्रतिभा व्यवस्थापन किन महत्त्वपूर्ण हुन्छ ? वर्णन गर्नुहोस् ।
Why is talent management important for the business ? Describe. अथवा (Or) द्वन्द्व व्यवस्थापन भन्नाले के बुझ्नुहुन्छ ? द्वन्द्वका कुनै चारवटा स्रोतहरू वर्णन गर्नुहोस् ।[१+४]
What do you mean by conflict management ? Describe any four sources of conflict.

19.

लेखापाल पदका लागि संकल्प सहकारी संगठन बुटवलको मानवसंसाधन व्यवस्थापकलाई अंग्रेजीमा एउटा आवेदन पत्र तयार पार्नुहोस् ।
Draft an application letter in English to the Human Resource Manager of Sankalpa Co-operative Organization, Butwal for the post of Accountant.

समूह 'ग'

विस्तृत उत्तरात्मक प्रश्नहरू/ Long answer questions

[३×८=२४]
20.

अधिकार विकेन्द्रीकरण किन उपयुक्त हुन्छ ? अधिकार केन्द्रीकरणको विपक्षमा तर्क दिनुहोस् । [४+४]
Why is decentralization of authority appropriate ? Argue against the centralization of authority.

21.

'उत्प्रेरणाको मौद्रिक र गैर मौद्रिक दुवै विधिले कामदारमा मनोवैज्ञानिक र संवेगात्मक सन्तुष्टि ल्याउदछ' । उत्प्रेरणाका विभिन्न विधिहरू उदाहरणसहित व्याख्या गर्नुहोस् ।
'Both monetary and non monetary techniques of motivation brings psychological and emotional satisfaction to workers'. Describe the various techniques of motivation with examples.
अथवा (Or)
प्रभावकारी सुपरीवेक्षणलाई प्रभाव पार्ने तत्त्वहरूबारे विवेचना गर्नुहोस् ।
Analyze the factors that affects effective supervision.

22.

होटलको शीर्षक/नाम, होटलको पृष्ठभूमि, वस्तु तथा सेवाको विवरण, व्यवस्थापन समूह/टीम, बजारीकरण योजना र वित्तीय योजनासहित एउटा होटलका लागि व्यावसायिक योजना तयार पार्नुहोस् । [१+२+१+१+१.५+१.५]
Develop a business plan for a Hotel incorporating Title/Name of Hotel, Background of Hotel, Product and service description, Management team, Marketing plan and Financial plan.