सबै प्रश्नको उत्तर दिनुहोस् । (Answer all questions.)
अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू/ Very Short answer questions
छनौट भनेको के हो ? (What is choice ?)
यदि कुनै एउटा फर्मको कूल आय: 7Q² - 8Q + 30 र कूल लागत 6Q² - 10Q + 20 भए कूल नाफा पत्ता लगाउनुहोस् ।
If the total revenue of a firm is 7Q² - 8Q + 30 and total cost is 6Q² - 10Q + 20, then find the total profit.
वाह्य ऋण भनेको के हो ? (What is external borrowing ?)
स्वतन्त्र व्यापार र संरक्षण व्यापारको कुनै एक भिन्नता लेख्नुहोस् ।
Write any one difference between free trade and protection trade.
असमानता घटाउने कुनै दुई उपायहरू उल्लेख गर्नुहोस् ।
Mention any two measures to reduce inequality.
SAFTA को कुनै दुई सिद्धान्तहरू लेख्नुहोस् । (Write any two principles of SAFTA.)
नेपालमा विप्रेषणका कुनै दुई फाइदाहरू उल्लेख गर्नुहोस् ।
Mention any two advantages of remittance in Nepal.
दिगो विकासको कुन लक्ष्य लैङ्गिक समानतासँग सम्बन्धित छ ?
Which goal of sustainable development is related to gender equality ?
बहुवचनको रूपमा तथ्याङ्कशास्त्र भनेको के हो ?
What is statistics in plural sense ?
ट्र्याइंक संकलन गर्ने संगणना विधिभन्दा नमुना छनौट विधि किन बढी मितव्ययी मानिन्छ ? कुनै एक कारण उल्लेख गर्नुहोस् ।
Why sampling method of collecting data is more economical than census method ? Mention any one reason.
यदि मध्यका = २३ र बहुलक = २५ छ भने अङ्कगणितीय मध्यक पत्ता लगाउनुहोस् ।
If median = 23 and mode = 25, find the value of arithmetic mean.
सबै प्रश्नको उत्तर दिनुहोस् । (Answer all questions.)
संक्षिप्त उत्तरात्मक प्रश्नहरू/ Short answer questions
श्रम विशिष्टीकरण भनेको के हो ? यसका कुनै चार बेफाइदाहरू व्याख्या गर्नुहोस् । [१+४]
What is labour specialization ? Explain its any four disadvantages. अथवा (Or) नेपालले अंगालेको आर्थिक प्रणाली कुन हो ? त्यसका कुनै चार विशेषताहरूको व्याख्या गर्नुहोस् । [१+४]
What is the economic system adopted by Nepal ? Explain any four features.
नाफाको जोखिम वहनता सिद्धान्तको व्याख्या गर्नुहोस् । यसका आलोचनाहरू के के हुन् ? [३+२]
Explain the risk bearing theory of profit. What are its criticisms ?
दिइएको तालिकाको आधारमा तलका प्रश्नहरूको उत्तर दिनुहोस् । [३+२]
Answer the following questions based on the given table.
| वस्तुको एकाई Unit of goods | मूल्य रु. Price in Rs. | कूल आय रु. TR (Rs.) | औसत आय AR (Rs.) | सिमान्त आय MR (Rs.) |
|---|---|---|---|---|
| 1 | 25 | - | - | - |
| 2 | 20 | - | - | - |
| 3 | 15 | - | - | - |
| 4 | 10 | - | - | - |
(ख) पुरा गरिएको तालिकाबाट औसत आय र सिमान्त आय वक्ररेखा खिच्नुहोस् । (Draw AR and MR curves from the completed table.)
मानौ लागत फलन (TC) = Q² + 8Q + 4 र मागफलन (P) = 20 - Q छ । सन्तुलित अवस्थाको उत्पादन र मूल्य पत्ता लगाउनुहोस् । [५]
Let, cost function (TC) = Q² + 8Q + 4 and demand function (P) = 20 - Q. Find output and price at equilibrium level.
देशको आर्थिक विकासमा बैंकिङ प्रणालीको कुनै पाँच भूमिकाहरूको व्याख्या गर्नुहोस् । [५]
Explain any five roles of banking system in the economic development of the country.
नेपालमा बढ्दो बेरोजगारीका कुनै पाँच कारणहरूको मूल्याङ्कन गर्नुहोस् । [५]
Evaluate any five causes of increasing unemployment in Nepal.
नेपालको वर्तमान योजनाको कुनै दुई राष्ट्रिय उद्देश्य र कुनै तीन राष्ट्रिय रणनीतिहरूको वर्णन गर्नुहोस् । [२+३]
Describe any two national objectives and any three national strategies of current plan of Nepal.
तालिकामा प्रस्तुत गरिएको दुई उस्तै कम्पनीहरू X र Y को औसत ज्याला दर र स्तरीय विचलनका आधारमा तल सोधिएका प्रश्नहरू हल गर्नुहोस् । [३+२]
Solve the following questions based on the average wage rates and standard deviations of two similar companies X and Y as represented in the table.
| कम्पनी (Company) | औसत ज्यालादर (average wage rate) | स्तरीय विचलन (standard deviation) |
|---|---|---|
| X | 45 | 13 |
| Y | 40 | 12 |
Find the coefficient of variation for each company.
(ख) कुन कम्पनीको ज्याला दरमा बढी एकरूपता देखिन्छ र किन ? कारण दिनुहोस् ।
Which company's wage rate is more consistent and why ? Give reason. अथवा (Or) तलको तथ्याङ्कबाट लेस्पेयरको विधिद्वारा सूचकाङ्क पत्ता लगाउनुहोस् र नतिजाको व्याख्या गर्नुहोस् । [४+१]
Find the index number by using Laspeyre's method from the following data and interpret the result.
| वस्तु commodity | 2020 | 2024 | ||
|---|---|---|---|---|
| मूल्य रु. Price Rs. | परिमाण Quantity | मूल्य रु. Price Rs. | परिमाण Quantity | |
| A | 8 | 20 | 10 | 25 |
| B | 9 | 18 | 12 | 20 |
| C | 7 | 15 | 11 | 12 |
| D | 6 | 22 | 9 | 30 |
सबै प्रश्नको उत्तर दिनुहोस् । (Answer all questions.)
विस्तृत उत्तरात्मक प्रश्नहरू/ Long answer questions
दिइएको तालिकाको आधारमा तलका प्रश्नहरूको उत्तर दिनुहोस् । [३×२+२=८]
Answer the following questions based on the given table.
| उत्पादन Output | कुल स्थिर लागत TFC | कुल परिवर्तशील लागत TVC | कुल लागत TC | औसत लागत AC | सिमान्त लागत MC |
|---|---|---|---|---|---|
| 0 | 60 | 0 | 60 | - | - |
| 1 | 60 | 10 | - | - | - |
| 2 | 60 | 18 | - | - | - |
| 3 | 60 | 21 | - | - | - |
| 4 | 60 | 32 | - | - | - |
| 5 | 60 | 50 | - | - | - |
| 6 | 60 | 84 | - | - | - |
| 7 | 60 | 130 | - | - | - |
| 8 | 60 | 190 | - | - | - |
(ख) पूरा गरिएको तालिकाबाट औसत र सिमान्त लागत वक्ररेखा खिच्नुहोस् ।
Draw average and marginal cost curves from the completed table.
नेपालको सन्दर्भमा सरकारी आयका स्रोतहरूको व्याख्या गर्नुहोस् । [८]
Explain the source of government revenue in reference to Nepal.
नेपालको वैदेशिक रोजगारीका फाइदा तथा बेफाइदाहरूको लेखाजोखा गर्नुहोस् । [८]
Examine the advantages and disadvantages of foreign employment of Nepal.
अथवा (Or)
नेपालको वैदेशिक व्यापारको प्रमुख समस्याहरूको मूल्याङ्कन गर्नुहोस् ।
Evaluate the major problems of Nepalese foreign trade.