अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू/ Very Short answer questions
सबै प्रश्नको उत्तर दिनुहोस् । (Answer all questions.)
छनौटको समस्या उत्पन्न हुनका कुनै दुई कारणहरू उल्लेख गर्नुहोस् ।
Mention any two causes to arise problem of choice.
यदि सातौं र आठौं एकाई वस्तु उत्पादन गर्दा कुल लागत क्रमश: रु. ६२४ र रु. ७२७ लाग्छ भने आठौं एकाई वस्तु उत्पादन गर्दाको सिमान्त लागत पत्ता लगाउनुहोस् ।
If total cost of producing 7th and 8th unit of goods are Rs. 624 and Rs. 727 respectively, find marginal cost of producing 8th unit of goods.
कुन बैंकलाई अन्तिम ऋणदाता भनिन्छ ? (Which bank is called lender of last resort ?)
मुद्रा बजार र पुँजी बजारबिचको कुनै एउटा भिन्नता उल्लेख गर्नुहोस् ।
State any one difference between money market and capital market.
मानव विकासका कुनै दुईवटा सूचकहरू उल्लेख गर्नुहोस् ।
Mention any two indicators of human development.
राष्ट्रहरूबिचको व्यापारको विश्वव्यापी नियमहरूसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाको नाम दिनुहोस् ।
Name the international organisation dealing with global rules of trade between nations.
सोह्रौं योजनाको कुनै दुईवटा उद्देश्यहरू लेख्नुहोस् ।
Write any two objectives of sixteenth plan.
कुन दिगो विकास लक्ष्यले सबैका लागि पानी र सरसफाइको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गर्दछ ?
Which sustainable development goal ensures availability of water and sanitation for all ?
एक वचनको रूपमा तथ्याङ्कशास्त्रको परिभाषा दिनुहोस् ।
Define statistics in a singular sense.
अनुसन्धान कार्यमा द्वितीय तथ्याङ्कभन्दा प्राथमिक तथ्याङ्कलाई किन प्राथमिकता दिइन्छ ? कुनै एक कारण उल्लेख गर्नुहोस् ।
Why is primary data preferred over secondary data in research work ? Mention any one reason.
यदि तथ्याङ्कीय श्रेणीको सबैभन्दा ठूलो र सबैभन्दा सानो पदको मानको भिन्नता र जोडफल क्रमश: २५ र ८५ भए विस्तारको गुणाङ्कको नतिजा व्याख्या गर्नुहोस् ।
Interpret the result of coefficient of range if difference and sum of largest and smallest value of series are 25 and 85 respectively.
संक्षिप्त उत्तरात्मक प्रश्नहरू/ Short answer questions
सबै प्रश्नको उत्तर दिनुहोस् । (Answer all questions.)
पुँजीवादी र समाजवादी अर्थतन्त्रबिचको कुनै पाँचवटा भिन्नताहरू वर्णन गर्नुहोस् । [५]
Describe any five differences between capitalist and socialist economy.
अथवा (Or)
श्रम विभाजन भनेको के हो ? यसका कुनै चार फाइदाहरूको व्याख्या गर्नुहोस् । [१+४]
What is division of labour ? Explain its any four advantages.
व्याजको शास्त्रीय सिद्धान्तको व्याख्या गर्नुहोस् । [५]
Explain the classical theory of interest.
दिइएको तालिकाको आधारमा तलका प्रश्नहरूको उत्तर दिनुहोस् । [३+२]
Answer the following questions based on the given table.
| उत्पादन एकाई (Unit of output) | कुल स्थिर लागत (रु.) TFC (Rs.) | कुल परिवर्तनशील लागत रु. TVC (Rs.) | कुल लागत (रु.) TC (Rs.) |
|---|---|---|---|
| 0 | 20 | - | - |
| 1 | - | 20 | - |
| 2 | - | - | 50 |
| 3 | - | 45 | - |
| 4 | - | - | 100 |
| 5 | - | 145 | - |
(II) पूरा गरिएको तालिकाबाट कुल परिवर्तनशील र कुल लागत वक्रेखाहरू खिच्नुहोस् ।
Draw total variable and total cost curves from the completed table.
मानौ लागत फलन (TC) = 60 + 7Q² र आय फलन (TR) = 120Q - 5Q² छ। सन्तुलित अवस्थाको उत्पादन र नाफा पत्ता लगाउनुहोस् । [३+२]
Let cost function (TC) = 60 + 7Q² and revenue function (TR) = 120Q - 5Q². Find out equilibrium level of output and profit.
प्रत्यक्ष करको कुनै पाँचवटा विशेषताहरू वर्णन गर्नुहोस् । [५]
Describe any five features of direct tax.
तपाईं गाउँमा वस्तु हुन्छ । यदि गाउँपालिकाले तपाईंलाई रोजगारी सृजनाका लागि कुनै पाँच सुधारात्मक कार्यहरूमा सुभाव माग्यो भने कस्ता सुभावहरू दिनुहुन्छ ? व्याख्या गर्नुहोस् । [५]
You are residing in a village. If you are asked to advise by the Rural Municipality to suggest for employment generation, what kinds of five activities would you suggest for the improvement your village to generate employment. Explain.
नेपालका लागि वैदेशिक रोजगारी किन उपयोगी छ ? कुनै पाँचवटा कारणहरू व्याख्या गर्नुहोस् । [५]
Why is foreign employment useful for Nepal ? Explain any five reasons.
दिइएको तथ्याङ्कबाट स्तरीय विचलन पत्ता लगाई नतिजाको व्याख्या गर्नुहोस् । [४+१]
Find the Standard Deviation from the given data and interpret the result.
| आम्दानी (Income) | 10-20 | 20-30 | 30-40 | 40-50 | 50-60 |
|---|---|---|---|---|---|
| श्रमिक (Labour) | 8 | 12 | 17 | 14 | 9 |
तलको तथ्याङ्कबाट पाशेको विधिद्वारा मूल्य सूचकाङ्क पत्ता लगाउनुहोस् र नतिजाको व्याख्या गर्नुहोस् । [४+१]
Find the index number by using Paasche's method from the following data and interpret the result.
| वस्तु Commodity | वि.सं. 2078 | वि.सं. 2080 | ||
|---|---|---|---|---|
| मूल्य रु. Price (Rs.) | परिमाण Quantity | मूल्य रु. Price (Rs.) | परिमाण Quantity | |
| A | 6 | 12 | 10 | 15 |
| B | 5 | 10 | 8 | 10 |
| C | 3 | 8 | 5 | 12 |
| D | 8 | 5 | 7 | 3 |
विस्तृत उत्तरात्मक प्रश्नहरू/ Long answer questions
सबै प्रश्नको उत्तर दिनुहोस् । (Answer all questions.)
दिइएको तालिकाको आधारमा निम्न प्रश्नहरूको उत्तर दिनुहोस् । [४+३+१]
Answer the following questions based on the given table.
| वस्तुको एकाई Unit of goods | मूल्य/औसत आय Price/AR (Rs.) | कुल आय TR (Rs.) | सिमान्त आय (रु.) MR (Rs.) |
|---|---|---|---|
| 1 | 12 | - | - |
| 2 | 11 | - | - |
| 3 | 10 | - | - |
| 4 | 9 | - | - |
| 5 | 8 | - | - |
| 6 | 7 | - | - |
| 7 | 6 | - | - |
| 8 | 5 | - | - |
(II) पूरा गरिएको तालिकाबाट कुल, औसत र सिमान्त आय वक्रेखाहरू खिच्नुहोस् ।
Draw total, average and marginal revenue curves from the completed table.
(III) बजार संरचनाको पहिचान गर्नुहोस् ।
Identify the structure of market.
स्वतन्त्र व्यापार भनेको के हो ? विकासोन्मुख देशहरू स्वतन्त्र व्यापारको विस्तारबाट सधैं लाभान्वित हुन किन सक्दैनन् ? व्याख्या गर्नुहोस् । [१+७]
What is free trade ? Why are developing countries not always benefited from the expansion of free trade ? Explain.
नेपालमा बढ्दो व्यापार घाटाका कारणहरूको मूल्याङ्कन गर्नुहोस् । [८]
Evaluate the causes of increasing trade deficit in Nepal.
अथवा (Or)
नेपालको पन्ध्रौं आवधिक योजनाको उपलब्धि मूल्याङ्कन गर्नुहोस् । [८]
Evaluate the achievement of fifteenth periodic plan of Nepal.