अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू/ Very Short answer questions
सबै प्रश्नको उत्तर दिनुहोस् । (Answer all questions.)
अर्थशास्त्रमा अवसर लागतको अर्थ उदाहरणसहित लेख्नुहोस् ।
Write the meaning of opportunity cost in economics with example.
यदि एउटा व्यापारिक फर्मले प्रति एकाइ मूल्य रु. ३० का दरले २५ एकाइ स्याउ बिक्री गरेको छ भने सूत्रको प्रयोग गरी कुल आय पत्ता लगाउनुहोस् ।
If a business firm sells 25 units of apple at per unit price Rs. 30, find Total Revenue by using formula.
विस्तारकारी मौद्रिक नीतिको परिभाषा दिनुहोस् ।
Define expansionary monetary policy.
चालु खर्चको अर्थ लेख्नुहोस् । (Write the meaning of current expenditure.)
मानव विकास सूचक भनेको के हो ? (What is human development index?)
साफ्टा अन्तर्गतका कुनै दुई सदस्य देशको नाम लेख्नुहोस् ।
Write any two member country of SAFTA.
नेपालले अरू देशमा निर्यात गर्ने कुनै दुई वस्तुहरू उल्लेख गर्नुहोस् ।
State any two items that Nepal exports to other countries.
नेपालले विश्वव्यापार सङ्गठनबाट लिन सक्ने कुनै दुई फाइदाहरू उल्लेख गर्नुहोस् ।
Mention any two advantages that Nepal can get from WTO.
प्राथमिक तथ्याङ्क भनेको के हो ? (What is Primary Data?)
तलको तथ्याङ्कबाट विस्तार पत्ता लगाउनुहोस् ।
Find the Range from the following data.
X = 2, 4, 6, 8, 10, 12
यदि Σfm, Σf र प्रमाप विचलन SD क्रमश: ४००, १० र २५ भए प्रमाप विचलन गुणाङ्क पत्ता लगाउनुहोस् ।
If Σfm, Σf and S.D. are 400, 10 and 25 respectively, find coefficient of S.D.
संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Short answer questions)
[५×८=४०]उत्पादन सम्भाव्यता वक्र अवधारणाको तालिका र रेखाचित्रद्वारा वर्णन गर्नुहोस् ।
Explain the concept of production possibility curve with the help of a table and diagram.
अथवा (Or)
विशिष्टीकरण र गुणात्मक उत्पादनका लागि श्रम विभाजन किन उपयोगी छ ? उपयुक्त उदाहरणसहित व्याख्या गर्नुहोस् ।
Why is division of labour useful for specialisation and qualitative production? Explain with suitable examples for each.
स्थिर लागत र परिवर्तनशील लागत अवधारणाको उदाहरणसहित वर्णन गर्नुहोस् । स्थिर लागत र परिवर्तनशील लागतका कुनै तीन भिन्नताहरू उल्लेख गर्नुहोस् । [२+३]
Describe the concept of fixed cost and variable cost with example. Mention any three differences between fixed and variable cost.
एकाधिकारी फर्मको माग फलन र लागत फलन क्रमश: P=132−Q and TC=30+20Q+3Q² छ । सिमान्त आय र सिमान्त लागत फलन पत्ता लगाइ नाफा अधिकतमका लागि मूल्य र उत्पादनको गणना गर्नुहोस् ।
The demand function and cost function of a monopoly firm are P=132−Q and TC=30+20Q+3Q². Find MR and MC functions and calculate price and output that maximizes profit.
दिइएको तालिकाको आधारमा तल सोधिएका प्रश्नको उत्तर दिनुहोस् । [२+३]
Answer the following question based on given table.
| परिमाण (Quantity) | कुल आय (Total Revenue) | सिमान्त आय (Marginal Revenue) | औषत आय (Average Revenue) |
|---|---|---|---|
| 1 | 20 | ||
| 2 | 36 | ||
| 3 | 48 | ||
| 4 | 56 | ||
| 5 | 60 |
ii. पुरा गरिएको तालिकाबाट कुल आय, सिमान्त आय र औसत आय वक्र बनाउनुहोस् ।
Draw diagram of TR, MR and AR from the completed table.
नेपालमा बैङ्कहरूको वर्गीकरणको वर्णन गर्नुहोस् । (Describe the classification of banks in Nepal.)
बेरोजगारी भनेको के हो ? नेपालमा बेरोजगारी घटाउन के कस्तो प्रभावकारी कदम चाल्नुपर्छ ? व्याख्या गर्नुहोस् । [१+४]
What is unemployment? What steps should be effective to minimize the unemployment situation in Nepal? Explain.
वर्तमान योजनाका कुनै पाँच प्राथमिकताहरूको वर्णन गर्नुहोस् ।
Describe any five priorities of current plan of Nepal.
तलको तथ्याङ्कबाट मध्यकको उपयोग गरी मध्यक विचलन र यसको गुणाङ्क गणना गर्नुहोस् ।
Calculate the mean deviation and its coefficient using mean from the following data.
| प्राप्ताङ्क (Marks) | 0-10 | 10-20 | 20-30 | 30-40 | 40-50 |
|---|---|---|---|---|---|
| विद्यार्थी सङ्ख्या (No. of students) | 7 | 8 | 15 | 5 | 5 |
लेस्पेयर विधिको उपयोग गरी दिइएको तथ्याङ्कबाट मूल्य सूचकाङ्क पत्ता लगाउनुहोस् र परिणामको विश्लेषण गर्नुहोस् ।
Find price index number by using Laspeyre's method and analyze the result on the basis of given data.)
| वस्तुको किसिम (Commodities) | 2019 | 2023 | ||
|---|---|---|---|---|
| मूल्य रु. (Price Rs.) | परिमाण (Quantity) | मूल्य रु. (Price Rs.) | परिमाण (Quantity) | |
| A | 30 | 20 | 35 | 25 |
| B | 40 | 15 | 50 | 20 |
| C | 25 | 30 | 30 | 25 |
| D | 35 | 25 | 35 | 30 |
विस्तृत उत्तरात्मक प्रश्नहरू (Long answer questions)
[३×८=२४]पूर्ण प्रतिस्पर्धा बजारमा अल्पकालीन सन्तुलनको सचित्र व्याख्या गर्नुहोस् ।
Describe about the short-run equilibrium under perfect competition with diagram.
असल कर प्रणालीका विभिन्न विशेषताहरूको प्रयोगबारे व्याख्या गर्नुहोस् ।
Explain the application of various qualities of good tax system.
वैदेशिक रोजगारीका केही फाइदाहरू छन् । तर अर्थतन्त्रमा वैदेशिक रोजगारीका समस्या तथा नकारात्मक प्रभावहरू पनि देखा परेका छन् । यस सन्दर्भमा नेपालको अर्थतन्त्रमा पर्ने कुनै चार दीर्घकालीन प्रभावहरूको मूल्याङ्कन गर्नुहोस् ।
Foreign employment has some benefits. But it is observed that foreign employment is creating number of problems or negative effect in the economy. In this context, evaluate any four effects in the long term economic development of Nepal.
अथवा (Or)
नेपालको सन्दर्भमा उपयुक्त कुनै चार दिगो विकासका लक्ष्यहरूको उदाहरणसहित मूल्याङ्कन गर्नुहोस् ।
Evaluate any four sustainable development goals relevant to Nepalese context with example.