अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू / Very short answer questions
[११×१=११]बजारशास्त्र अवधारणा भनेको के हो ?
What is marketing concept?
किन्मेल वस्तुको दुईवटा उदाहरण उल्लेख गर्नुहोस्।
Mention any two examples of shopping product.
औषधिको लागि तपाईं कस्तो प्रकारको लेबलिङ्ग प्रयोग गर्नुहुन्छ ?
Which types of labeling will you use for medicine?
मूल्यको परिभाषा दिनुहोस्।
Define price.
थोक विक्रेताले के गर्छ ?
What does a wholesaler do?
तपाईंले व्यवसायको प्रवर्द्धनका लागि कुन जनसम्पर्क औजार प्रयोग गर्नुहुन्छ ? कुनै दुईवटा उल्लेख गर्नुहोस्।
Which public relations tool will you use for promoting your business? Mention any two.
इन्टरनेट बजारशास्त्रको कुनै दुईवटा विशेषताहरू उल्लेख गर्नुहोस्।
State any two features of internet marketing.
बजारशास्त्रमा नैतिक आचरणको परिभाषा दिनुहोस्।
Define morality in marketing.
व्यवसायीको रूपमा तपाईंले जनताप्रति वहन गर्नुपर्ने दुईवटा दायित्वहरू उल्लेख गर्नुहोस्।
As a businessman, state any two obligations you need to fulfil toward public.
विक्रमकलाको दुईवटा विशेषताहरू उल्लेख गर्नुहोस्।
Mention any two features of salesmanship.
उपभोक्ता प्रति विक्रमकलाको कुनै दुईवटा भूमिकाहरू उल्लेख गर्नुहोस्।
Mention any two roles of salesmanship towards consumers.
संक्षिप्त उत्तरात्मक प्रश्नहरू / Short answer questions
[८×५=४o]सुविधाजनक वस्तुको बजारीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरूको व्याख्या गर्नुहोस्।
Explain the marketing considerations for convenience products.
ग्राहकको लागि मूल्य निर्धारणको महत्व वर्णन गर्नुहोस्।
Describe the importance of pricing to customer.
उपभोक्ता वस्तुको वितरण संरचनाको ढाँचासहित व्याख्या गर्नुहोस्।
Explain with diagram the channel structure for consumer goods.
उत्पादकको दृष्टिकोणबाट विक्री प्रवर्द्धनको महत्व उदाहरणसहित वर्णन गर्नुहोस्।
Illustrate the importance of sales promotion to producer point of view.
एक व्यवस्थापकको रूपमा तपाईं आफ्नो कम्पनीको प्रतिष्ठा कायम राख्न कस्तो प्रकारका प्रचारका उपकरणहरू प्रयोग गर्नुहुन्छ ? वर्णन गर्नुहोस्।
As a manager, which type of publicity tools do you use for maintaining company image. Explain.
नेपालमा टेलिभिजन बजारशास्त्रको समस्याहरू लेखाजोखा गर्नुहोस्।
Assess the problems of television marketing in Nepal.
अथवा (Or)
तपाईंको विचारमा २१औं शताब्दीमा सेवा बजारशास्त्र लोकप्रिय हुँदै गइरहेको छ ? कारणसहित पुष्टि गर्नुहोस्।
Do you think service marketing is getting popular in 21st century? Justify with reason.
नैतिक निर्णयलाई प्रभाव पार्ने तत्वहरू वर्णन गर्नुहोस्।
Explain the influence factors of ethical decision making.
अथवा (Or)
नैतिक निर्णय बनाउने बारेमा वर्णन गर्नुहोस्।
Describe the ethical decision making.
विक्रमकलालाई एउटा कला र पेशाका रूपमा उदाहरणसहित स्पष्ट पार्नुहोस्।
Illustrate salesmanship as a art and profession.
विस्तृत उत्तरात्मक प्रश्नहरू / Long answer questions
[३×८=२४]वस्तु भनेको के हो ? वस्तुको तह उदाहरणसहित वर्णन गर्नुहोस्।
What is product? Explain the level of product with example.
भौतिक वितरण परिभाषित गर्नुहोस्। भौतिक वितरणको तत्वहरूको बारेमा व्याख्या गर्नुहोस्।
Define the physical distribution. Describe the components of physical distribution.
अथवा (Or)
गोदाम व्यवस्थापन भनेको के हो ? भौतिक वितरण प्रणालीमा गोदाम व्यवस्थापनलाई एउटा महत्वपूर्ण तत्वको रूपमा लिइन्छ। यस भनाईलाई पुष्टि गर्नुहोस्।
What is warehousing? Warehousing is one of the most important component of physical distribution system. Justify it.
कृषि बजारशास्त्र भन्नाले के बुझ्नुहुन्छ ? नेपालमा कृषि बजारशास्त्रमा देखिएका सम्भावनाहरू खोजी वर्णन गर्नुहोस्।
What do you mean by agriculture marketing? Explore the prospects of agriculture marketing in Nepal.