SEE Social Studies Question Paper 2081 Bagmati Province

Views: ...

Symbol No ................
RE-1051'BP'
bagmati
SEE 2081 (2025)
अनिवार्य सामाजिक अध्ययन
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :
समूह 'क'

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :

(११×१=११)
1.

तपाईंको समाजमा रहेको बहुसांस्कृतिकताको एक उदाहरण दिनुहोस् ।

2.

स्थानीय विकासका लागि सङ्घीय शासन प्रणाली किन महत्त्वपूर्ण छ ? एक कारण दिनुहोस् ।

3.

मानव बेचबिखनबाट व्यक्तिमा पर्ने एक असर लेख्नुहोस् ।

4.

घरेलु हिंसा विरुद्ध जनचेतना जगाउने आकर्षक नागरहिनकी प्रेकाई नारा बनाउनुहोस् ।

5.

नेपालको प्रथम जननिर्वाचित सरकारले गरेका कुनै दुई कार्यहरू उल्लेख गर्नुहोस् ।

6.

द्वितीय विश्वयुद्ध हुनुमा तपाईं कुन कारण बढि जिम्मेवार ठान्नुहुन्छ ? आफ्नो तर्कसँगत विचार एक वाक्यमा लेख्नुहोस् ।

7.

नेपालको चालु आवधिक योजनाको एक उद्देश्य उल्लेख गर्नुहोस् ।

8.

तपाईंले आफूसँग भएको रकमको बचत कसरी गर्दै आउनुभएको छ ?

9.

राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा अस्थायी सदस्य छनोट प्रक्रिया उल्लेख गर्नुहोस् ।

10.

असलग्न परराष्ट्र नीति आज पनि त्यत्तिकै महत्त्वपूर्ण छ किन ? आफ्नो धारणा एक वाक्यमा लेख्नुहोस् ।

11.

पारिवारिक योजना सफल बनाउन तपाईंले आफ्नो परिवारमा निर्वाह गर्नुभएको एउटा भूमिका लेख्नुहोस् ।

समूह 'ख'

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :

(९×४=३६)
12.

'राष्ट्रिय गौरवका रूपमा रहेका धार्मिक ऐतिहासिक स्थलको पहिचानसाथ अभिवृद्धि एवं सरकारले गरेका प्रयासको समीक्षा गर्नुहोस् ।

13.

तपाईंको प्रदेशमा रहेको राष्ट्रिय गौरवको आयोजनाको आर्थिक सामाजिक असरहरू उल्लेख गर्नुहोस् ।

14.

यदि तपाईंलाई बालदिवसको कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी दिइएमा कसरी गर्नुहुन्छ ? एउटा कार्यक्रम सञ्चालनको खाका तयार गर्नुहोस् ।

15.

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको मर्यादित जीवनयापनका लागि समुदायले के के गर्नुपर्ला ? आफ्नो धारणा चार बुँदामा लेख्नुहोस् ।
अथवा
तपाईं शास्त्रीय नृत्यसम्बन्धी जानकार व्यक्तिसँग कुराकानी गर्न जाँदै हुनुहुन्छ । शास्त्रीय नृत्यको महत्त्व र संरक्षणका उपायका विषयमा उहाँलाई सोध्न सकिने कुनै चार प्रश्नहरूको नमुना तयार पार्नुहोस् ।

16.

नेपालमा भ्रष्टाचार नियन्त्रण गर्ने काममा क्रियाशील संवैधानिक अङ्ग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेका कार्य के कति प्रभावकारी भएको लाग्छ ? मूल्याङ्कन गर्नुहोस् ।

17.

सङ्घीय कार्यपालिकाको सुरक्षा र कूटनीतिसम्बन्धी कार्य व्याख्या गर्नुहोस् ।

18.

नेपालको हावापानी र वनस्पतिमा उचाइले पारेको प्रभाव वर्णन गर्नुहोस् ।

19.

विश्वव्यापीकरणको सकारात्मक प्रभावलाई तपाईंले दैनिक जीवनमा कसरी उपयोग गर्नुभएको छ ? आफ्नो अनुभव चार बुँदामा प्रस्तुत गर्नुहोस् ।

20.

गुणस्तरीय जीवनका चारओटा उपाय लेख्नुहोस् ।

समूह 'ग'

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :

(४×७=२८)
21.

'कानुनी शासन र संविधानको पालना लोकतान्त्रिक शासन प्रणालीका मान्यता हुन् ।' यस भनाइलाई पुष्टि गर्दै यस कार्यमा न्यायपालिकाले कस्तो भूमिका खेल्नुपर्ला ? सभाव दिनुहोस् ।

22.

पृष्ठ भरिने गरी नेपालको नक्सा बनाएर निम्न तथ्यलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
कञ्चनजङ्घा हिमाल, मधेस प्रदेश, कर्णाली नदी, मुक्तिनाथ मन्दिर
अथवा
पृष्ठ भरिने गरी दक्षिण अमेरिकाको नक्सा बनाएर उपयुक्त सङ्केत प्रयोग गरी निम्न तथ्य भर्नुहोस् :
एन्डिज पर्वतश्रेणी, केपहर्न, टिटिकाका ताल, अमेजन नदी
अथवा (दृष्टिविहीनहरूका लागि मात्र)
दक्षिण अमेरिका महादेशको भौतिक, आर्थिक तथा सामाजिक पक्षको वर्णन गर्नुहोस् ।

23.

दोस्रो विश्वयुद्धका आर्थिक, सामाजिक तथा राजनीतिक प्रभावहरू स्पष्ट पार्नुहोस् ।

24.

'सुरक्षित र मर्यादित वैदेशिक रोजगारमा व्यक्ति र सरकारको भूमिका' शीर्षकमा एक लेखको नमुना तयार गर्नुहोस् ।