तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
(११×१=११)हाम्रा राष्ट्रिय गौरवको महत्त्व एक वाक्यमा उल्लेख गर्नुहोस् ।
मानव विकास प्रतिवेदनलाई किन आर्थिक, सामाजिक विकासको महत्त्वपूर्ण प्रतिवेदन मानिएको हो ? आफ्नो विचार एक वाक्यमा उल्लेख गर्नुहोस् ।
प्रथाजन्य कुनै दुई सामजिक कुप्रथाको उदाहरण दिनुहोस् ।
युनिसेफले बालअधिकार संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै छ । उक्त कार्यक्रमका लागि ब्यानरमा लेखिने नारा तयार पार्नुहोस् ।
वि.स.२००७ को दिल्ली सम्भौताको समर्थन मात्रै नभई विरोध पनि भएको थियो किन ? आफ्नो तर्क एक वाक्यमा लेख्नुहोस् ।
प्रथम विश्वयुद्धमा 'धुरी राष्ट्र' अन्तर्गतका कुनै दुई राष्ट्रको नाम लेख्नुहोस् ।
नेपालको आर्थिक विकासमा उर्जाको महत्त्व एक वाक्यमा लेख्नुहोस् ।
नेपालबाट स्वरोजगार सिर्जना गर्न सरकारको भूमिका कस्तो हुनुपर्छ ? कुनै एक सुभाव दिनुहोस् ।
संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको एक कार्य लेख्नुहोस् ।
सूचना प्रविधिले विद्यार्थीको सिकाइमा पार्ने कुनै एउटा सकारात्मक प्रभाव लेख्नुहोस् ।
स्वस्थ्य जीवनशैली कायम राख्न तपाईंले अपनाउनुभएका कुनै दुई उपाय लेख्नुहोस् ।
तलका प्रश्नको छोटो उत्तर दिनुहोस् :
(९×४=३६)सामाजिक विविधता र पहिचान प्रवर्धन गर्न राज्यले गर्नुपर्ने चार कार्यहरू प्रस्त पार्नुहोस् ।
तपाईंको प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवको आयोजनाले सामना गर्नुपर्ने समस्याहरू चार बुँदामा उदाहरणसहित स्पष्ट पार्नुहोस् ।
सहिदको योगदानको कदरका लागि सहिद दिवस मनाइन्छ । यो दिवसलाई प्रभावकारी बनाउन गरिनुपर्ने कुनै चार कार्य उल्लेख गर्नुहोस् ।
विद्यालयमा सांस्कृतिक कार्यक्रम आयोजना गरिँदा विदेशी गीत, सङ्गीत र नृत्य सकेसम्म कम प्रयोग गर्न सरकारले निर्देशन दिएको छ । सरकारको यो निर्णय प्रति तपाईंको धारणा चार बुँदामा स्पष्ट पार्नुहोस् ।
अथवा
विश्वबन्धुत्वको भावनाले सहिष्णुता, मानवता तथा शान्ति अभिवृद्धि गर्छ । यस वाक्याशंलाई प्रवर्द्धन गर्ने चार उपायहरू उल्लेख गर्नुहोस् ।
सामाजिक सञ्जालको दुरुपयोगले व्यक्तिगत र सामाजिक सम्बन्धमा पर्ने प्रभावको समीक्षा गर्नुहोस् ।
प्रजातान्त्रिक संस्कार तथा मूल्यमान्यता प्रवर्धनमा राजनीतिक दलको भूमिका उल्लेख गर्नुहोस् ।
प्राकृतिक विपत्को परिचय दिँदै नेपालमा हुने कुनै छओटा प्राकृतिक विपत्को सूची तयार पार्नुहोस् ।
विश्वमा मानव अधिकार संरक्षणमा राष्ट्रसङ्घले खेलेको भूमिका समेटी एक सम्पादकीय तयार पार्नुहोस् ।
पारिवारिक योजनाको महत्त्व चार बुँदामा उल्लेख गर्नुहोस् ।
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :
(४×७=२८)नेपालमा उपभोक्ताको हकहित संरक्षण गर्नका लागि भएका प्रयास पर्याप्त छन् वा छैनन् ? समीक्षा गर्दै अधिकार संरक्षण गर्न उपभोक्ताले गर्नुपर्ने चार कार्य स्पष्ट पार्नुहोस् ।
पृष्ठ भरिने गरी नेपालको नक्सा बनाएर निम्न तथ्यलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
लुम्बिनी प्रदेश, सगरमाथा राष्ट्रिय निकुञ्ज, पूर्वपश्चिम राजमार्ग, अपि हिमाल
अथवा
पृष्ठ भरिने गरी दक्षिण अमेरिका महादेशको नक्सा बनाएर उपयुक्त सङ्केतको प्रयोग गरेर तलका तथ्य भर्नुहोस् :
टिटिकाका ताल, ब्राजिलको उच्च समस्थली, फोकल्यान्ड द्विप, केपहर्न
अथवा (दृष्टिविहीनहरूका लागि मात्र)
दक्षिण अमेरिका महादेशको सामाजिक, आर्थिक र भौतिक पक्षको चर्चा गर्नुहोस् ।
वि.सं. २०४६ देखि २०६३ सम्मको राजनीतिक अवस्था र त्यसले पारेको प्रभावहरू उल्लेख गर्नुहोस् ।
आन्तरिक पर्यटन प्रवर्धनका लागि सरकारले गर्न सक्ने कार्य उल्लेख गर्दै दुई जनाबिचको संवाद तयार गर्नुहोस् ।