तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
(११×१=११)सामाजिकीकरणको उद्देश्य एक वाक्यमा लेख्नुहोस् ।
मानव विकास प्रतिवेदनलाई किन नागरिकको जीवनस्तर प्रतिबिम्व गर्ने प्रतिवेदन मानिन्छ ? आफ्नो तर्क एक वाक्यमा उल्लेख गर्नुहोस् ।
मानव बेचविखनलाई किन सामाजिक समस्या मानिन्छ ? एक वाक्यमा उल्लेख गर्नुहोस् ।
गलत प्रथाहरू अन्त्य गर्न आकर्षक प्लेकार्डको नमुना तयार पार्नुहोस् ।
प्रथम विश्वयुद्धपछि गठन भएको राष्ट्रसङ्घ (The League of Nations) को एउटा उद्देश्य उल्लेख गर्नुहोस् ।
वि.सं. २००७ मा राजा त्रिभुवन दिल्ली प्रस्थान गर्नाले प्रजातान्त्रिक आन्दोलनमा कसरी सहयोग पुग्यो ? आफ्नो विचार एक वाक्यमा लेख्नुहोस् ।
गैरकर राजस्वको दुई विशेषता उल्लेख गर्नुहोस् ।
तपाईंले वित्तीय शिक्षाबाट प्राप्त ज्ञान, सिपलाई कसरी दैनिक जीवनमा उपयोग गर्नुभएको छ ? आफ्नो अनुभव एक उदाहरणबाट प्रस्ट पार्नुहोस् ।
सूचना प्रविधिका कुनै दुई माध्यमहरू लेख्नुहोस् ।
नेपालले किन पञ्चशीललाई आफ्नो परराष्ट्र नीतिको आधार बनाएको होला ? आफ्नो विचार एक वाक्यमा लेख्नुहोस् ।
तपाईंको समुदायमा पेसाअनुसारको जनसङ्ख्या वनोट कस्तो छ ? उल्लेख गर्नुहोस् ।
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :
(९×४=३६)प्रत्येक व्यक्ति, समुदाय र राष्ट्रको आआफ्नै किसिमको फरक फरक पहिचान हुन्छ । पहिचानको विविधता प्रवर्धन गर्न र समाजमा एकता र सद्भाव कायम गर्न के गर्नुपला ? चार बुँदामा सुफाव दिनुहोस् ।
नेपालको मानव विकास सूचकाङ्क अभिवृद्धि गर्न राज्यबाट भएका प्रयासहरू चार बुँदामा प्रस्ट पार्नुहोस् ।
'सम्पदा : हाम्रा सामाजिक पहिचान' शीर्षकमा एउटा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशनार्थ सम्पादकीयको नमुना तयार पार्नुहोस् ।
मानौँ तपाईंले लोकगीतका जानकार व्यक्तिसँग लोकगीत संरक्षणका विषयमा जानकारी लिनुभयो । उक्त विषयमा उहाँबाट प्राप्त जानकारी आफ्नो धारणासहित चार बुँदामा स्पष्ट पार्नुहोस् ।
अथवा
नेपालमा राष्ट्रिय दिवस औपचारिकतामा सीमित हुँदै गएको गुनासो वढ्दो छ । राष्ट्रिय दिवसमा नागरिकको सहभागिता र अपनत्व बढाउन के गर्नुपर्ला ? आफना तर्क चार बुँदामा स्पष्ट पार्नुहोस् ।
देखासिखी प्रवृत्ति र फजुल खर्चले हाम्रो समाज भड्किलो हुँदै गएको छ । यसले समाजमा परेको प्रभाव विश्लेषण गर्नुहोस् ।
विश्वासको मत् र अविश्वासको प्रस्तावविचका समानता र भिन्नता दुई/दुई बुँदामा स्पष्ट पार्नुहोस् ।
हावापानी र जनजीवनविचको अन्तरसम्वन्धलाई आफू वसोवास गरेको भौगोलिक क्षेत्रका आधारमा चार बुँदामा प्रस्ट पार्नुहोस् ।
अन्तर्राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा जलवायु परिवर्तनले परेको प्रभाव न्यूनीकरणका लागि नेपालले केकस्ता विषय उठाउनुपर्ला ? कुनै चार सुभाव प्रस्तुत गर्नुहोस् ।
नेपालमा पछिल्लो समय सहरी जनसङ्ख्या वढ्दो छ । यो प्रवृत्तिले परेका प्रभावहरू चार बुँदामा उल्लेख गर्नुहोस् ।
तलका प्रश्नको लामो उत्तर दिनुहोस् :
(४×७=२८)स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन प्रजातन्त्रको आधार हो । यसलाई प्रस्ट पार्दैं स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सञ्चालन गर्न नागरिक र राजनीतिक दलको भूमिका कस्तो हुनुपर्छ । प्रस्ट पार्नुहोस् ।
पृष्ठभरि नेपालको नक्सा वनाएर निम्न तथ्यलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस्:
लम्बिनी प्रदेश, स्याउ उत्पादन क्षेत्र, तिलिचो ताल, वराह क्षेत्र
अथवा
पृष्ठ भरिने गरी दक्षिण अमेरिकाको नक्सा वनाएर त्यसमा उपयुक्त सङ्केतसहितको निम्न तथ्य भर्नुहोस् ।
मोन्टेभिडियो, टिटिकाका ताल, ओरिनोको नदी, अकान्कागुवा पर्वत
अथवा (दृष्टिविहीनका लागि मात्र)
दक्षिण अमेरिकाको भौगोलिक क्षेत्रअनुसार आर्थिक सामाजिक पक्षको वर्णन गर्नुहोस् ।
प्रथम विश्वयुद्धको परिणाम र दोस्रो विश्वयुद्धका कारणविचको सम्वन्ध स्पष्ट पार्नुहोस् ।
'नेपालमा वित्तीय शिक्षाको आवश्यकता र चुनौती' शीर्षकमा एक वक्तृताको नमुना तयार पार्नुहोस् ।