तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
(११×१=११)नेपालको गौरव बढाउने दुईओटा पक्ष उल्लेख गर्नुहोस् ।
देश विकासका लागि राष्ट्रिय गौरवका आयोजना आवश्यक छ, किन ? एक बुँदामा उल्लेख गर्नुहोस् ।
घरेलु हिंसाका कुनै दुईओटा उदाहरणहरू प्रस्तुत गर्नुहोस् ।
मानव बेचबिखन न्यूनीकरण गर्नका लागि जनचेतना फैलाउन एउटा प्रभावकारी नारासहित प्लेकार्ड तयार पार्नुहोस् ।
वि.सं. २००७ सालको दिल्ली सम्भौतामा उल्लेख भएको एक प्रावधान 'संविधान सभा (विधान सभा)' को निर्वाचन तोकिएको समयावधि भित्र भएन, किन होला ? आफ्नो तर्क वाक्यमा लेख्नुहोस् ।
दोस्रो विश्वयुद्धको तत्कालीन कारण के थियो ?
प्रत्यक्ष करका कुनै दुई विशेषता उल्लेख गर्नुहोस् ।
तपाईंका आफन्तले वैदेशिक रोजगारबाट पठाएको विप्रेषण रकमलाई उत्पादनमूलक कार्यमा लगानी गर्न कुनै एक सुभाव दिनुहोस् ।
महासभालाई 'संयुक्त राष्ट्रसङ्घको व्यवस्थापिका' का रूपमा लिइन्छ, किन ? एक बुँदामा लेख्नुहोस् ।
स्थानीयकरणले स्थानीय संस्कृति तथा रीतिरिवाज प्रवर्धनमा मदत पुऱ्याउँछ, कसरी ? तर्क प्रस्तुत गर्नुहोस् ।
स्वस्थ्य जीवनशैलीका लागि तपाईंका परिवारले अपनाउँदै आएको कुनै एक उपाय लेख्नुहोस् ।
तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :
(९×४=३६)हाम्रो राष्ट्रिय भन्डाले राष्ट्रिय पहिचान बढाएको छ, कसरी ? आफना तर्क चार बुँदामा लेख्नुहोस् ।
नेपालको सङ्घीय शासन प्रणालीका कुनै चार चुनौतीहरू उल्लेख गर्नुहोस् ।
विश्वबन्धुत्व र मावनताबिचको अन्तरसम्बन्ध स्पष्ट पार्दै विदेशमा रहेको साथीलाई पठाउने इमेल (E-mail) को नमुना तयार पार्नुहोस् ।
"लोकवाजा, लोकनृत्य र लोकगीत संरक्षणमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण मानिन्छ," किन ? चार बुँदामा प्रस्ट पार्नुहोस् ।
अथवा
बाल दिवसलाई समय सान्दर्भिक र अर्थपूर्ण बनाउन कुन कुन कुरामा ध्यान दिनुपर्ला ? तपाईंको विचार चार बुँदामा लेख्नुहोस् ।
भ्रष्टाचारलाई सामाजिक, राजनीतिक अपराधका रूपमा लिइन्छ किन ? नेपालको सन्दर्भमा विश्लेषण गर्नुहोस् ।
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि नागरिकले खेल्नुपर्ने कुनै चारओटा भूमिका उल्लेख गर्नुहोस् ।
उष्ण मौसमी हावापानीका कुनै चार विशेषता उल्लेख गर्नुहोस् ।
सूचना प्रविधिको उपयोग गर्दा तपाईंले अपनाउनुपर्ने कुनै चार सावधानी प्रस्तुत गर्नुहोस् ।
गुणस्तरीय जीवन र मानव विकास बिचको सम्बन्ध चार बुँदामा स्पष्ट पार्नुहोस् ।
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :
(४×७=२८)प्रजातान्त्रिक शासन प्रणालीमा व्यवस्थापिकाको मुख्य काम कानुन निर्माण हो । वर्तमान सन्दर्भमा व्यवस्थापिका कानुन निर्माणलगायत् केकस्ता जनसरोकारका विषयमा जिम्मेवार हुनु पर्ला ? सुभाव प्रस्तुत गर्नुहोस् ।
पृष्ठ भरिने गरी नेपालको नक्सा बनाएर निम्न तथ्यलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
कञ्चनजङ्घा हिमाल, अरनिको राजमार्ग, सुदूरपश्चिम प्रदेश, कफी उत्पादन क्षेत्र
अथवा
पृष्ठभरि भरिने गरी दक्षिण अमेरिकाको नक्सा बनाउनुहोस् र उपयुक्त सङ्केतको प्रयोग गरी निम्न तथ्य देखाउनुहोस् :
गुयना उच्चभूमि, रियो दि जनेरियो, भूमध्यरेखा, हिउँदमा वर्षा हुने क्षेत्र
अथवा (दृष्टिविहीनहरूका लागि मात्र)
अफ्रिका महादेशका पर्यटकीय सम्भावना र यसका विकास लागि अपनाउनुपर्ने उपाय उल्लेख गर्नुहोस् ।
पञ्चायती व्यवस्था निरङ्कुश र प्रजातान्त्रिक मूल्यमान्यता विरुद्ध थियो तथापि सो अवधिमा (वि.सं. २०१७ देखि २०४६ सम्म) मा केही आर्थिक, सामाजिक, कूटनीतिक उपलब्धि भएका थिए । ती सकारात्मक उपलब्धिहरू प्रस्ट पार्नुहोस् ।
'नेपालको आर्थिक विकासमा ऊर्जाको योगदान र चुनौती' शीर्षकमा एक वक्तृताको नमुना तयार पार्नुहोस् ।