SEE Social Studies Question Paper 2081 Madhesh Province

Views: ...

Symbol No ................
RE-1051'MP'
madhesh
SEE 2081 (2025)
अनिवार्य सामाजिक अध्ययन
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :
समूह 'क'

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :

(११×१=११)
1.

लैङ्गिक पहिचानको अर्थ एक वाक्यमा लेख्नुहोस् ।

2.

सङ्घीयताले स्थानीय विकासमा सघाउ पुऱ्याउँछ भन्ने दृष्टिकोणको पक्षमा तपाईंको विचार एक वाक्यमा लेख्नुहोस् ।

3.

नेपालमा भ्रष्टाचार विरुद्ध काम गर्ने एक संवैधानिक निकायको नाम लेख्नुहोस् ।

4.

घरेलु हिंसा रोक्न उपयुक्त हुने एक सन्देशमूलक प्लेकार्ड तयार पार्नुहोस् ।

5.

नेपालमा संविधानसभाको दोस्रो निर्वाचन कहिले भएको थियो ? विक्रम सम्वत्मा पूरा मिति लेख्नुहोस् ।

6.

दोस्रो विश्वयुद्धले नकारात्मक प्रभाव मात्र पारेन यसपछि केही सकारात्मक प्रभाव पनि देखिए । सो युद्धपछि देखिएको कुनै एक सकारात्मक प्रभाव लेख्नुहोस् ।

7.

बैङ्क खाताका दुई फाइदा लेख्नुहोस् ।

8.

मानौँ तपाईं जीवन बिमा गर्दै हुनुहुन्छ, जीवन बिमा गर्दा तपाईंले के कुरामा ध्यान दिनुपर्ला ? एक वाक्यमा लेख्नुहोस् ।

9.

पञ्चशीलको सिद्धान्तको कुनै एक महत्त्व लेख्नुहोस् ।

10.

सूचना प्रविधिको दुरुपयोग गर्दा भोग्नुपर्ने समस्या एक वाक्यमा लेख्नुहोस् ।

11.

आफ्नो परिवारको जीवन गुणस्तरीय बनाउका लागि तपाईंले गर्न सक्ने कुनै एक रचनात्मक कार्य लेख्नुहोस् ।

समूह 'ख'

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :

(९×४=३६)
12.

व्यक्तिको व्यक्तित्व विकासमा सामाजिकीकरणको भूमिका महत्त्वपूर्ण हुन्छ । यस सम्बन्धमा नेपाली समाजको सामाजिकीकरणको अवस्थाका आधारमा समीक्षा गर्नुहोस् ।

13.

द्विगो विकासका सम्बन्धमा नेपाल सरकारद्वारा भएका प्रयासलाई चार बुँदामा उल्लेख गर्नुहोस् ।

14.

'हाम्रो अमूर्त सम्पदाः हाम्रो सामाजिक सांस्कृतिक पहिचानका स्रोत' शीर्षकमा एक वक्तृत्वकाको नमुना तयार पार्नुहोस् ।

15.

संविधान दिवसलाई 'राष्ट्रिय दिवस' का रूपमा मनाइनुका कुनै चार कारण लेख्नुहोस् ।
अथवा
शारीरिक रूपमा अशक्त भएका व्यक्तिको जीवनशैली सहज बनाउन राज्यद्वारा भएका प्रयासको विश्लेषण गर्नुहोस् ।

16.

नेपालमा विद्यमान अन्धविश्वाससम्बन्धी समस्याहरूको समाधानका लागि केकस्ता उपक्रय अवलम्बन गर्नुपर्ला ? आफ्नो धारणा चार बुँदामा प्रस्तुत गर्नुहोस् ।

17.

निर्वाचन प्रक्रियामा निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार चार बुँदामा उल्लेख गर्नुहोस् ।

18.

नेपालमा प्राकृतिक विपत्बाट हुने क्षति न्यूनीकरण गर्न अपनाउनुपर्ने कुनै चारओटा उपाय लेख्नुहोस् ।

19.

पञ्चशीलको सिद्धान्तका आधारमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न परराष्ट्र मन्त्रालयलाई पठाउने एक इमेल (Email) को नमुना तयार पार्नुहोस् ।

20.

वि.सं.२०५८ देखि वि.सं.२०७८ सम्मको दुई दशकको अवधिमा नेपालको जनसङ्ख्या वृद्धिदर घट्दै गएको देखिन्छ । यसरी जनसङ्ख्या वृद्धिदर घट्दा पर्ने प्रभावहरू उल्लेख गर्नुहोस् ।

समूह 'ग'

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :

(४×७=२८)
21.

संविधान संशोधनसम्बन्धी कार्य ऐन निर्माणभन्दा भिन्न हुन्छ, कसरी ? नेपालको संविधानमा भएको संविधान संशोधनसम्बन्धी प्रावधानका आधारमा पुस्टि गर्नुहोस् ।

22.

पृष्ठ भरिने गरी नेपालको नक्सा बनाएर निम्न तथ्यलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
अन्नपूर्ण हिमाल, पाथीभरा मन्दिर, मधेस प्रदेश, महाकाली नदी
अथवा
पृष्ठ भरिने गरी उत्तर अमेरिका महादेशको नक्सा बनाएर उपयुक्त सङ्केतको प्रयोग गरी निम्न तथ्य नक्सामा भर्नुहोस् :
घाँसे मैदान, कोणधारी वनस्पति क्षेत्र, सेन्टलरेन्स नदी, रक्की पर्वत श्रेणी
अथवा (दृष्टिविहीनहरूका लागि मात्र)
उत्तर अमेरिका महादेशको आर्थिक र सामाजिक अवस्थाको वर्णन गर्नुहोस् ।

23.

प्रथम विश्वयुद्धको पृष्ठभूमि उल्लेख गर्दै सो विश्वयुद्ध पश्चात्का प्रभावहरू स्पष्ट पार्नुहोस् ।

24.

नेपालमा साहसिक पर्यटनको सम्भावनाः यसको सामाजिक, आर्थिक योगदान शीर्षकमा एक लेखको नमुना तयार गर्नुहोस् ।