SEE Social Studies Question Paper 2081 Sudurpashchim Province

Views: ...

Symbol No ................
RE-1051'SP'
sudurpashchim
SEE 2081 (2025)
अनिवार्य सामाजिक अध्ययन
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् :
समूह 'क'

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :

(११×१=११)
1.

सामाजिक विविधताको अर्थ एक वाक्यमा लेख्नुहोस् ।

2.

दिगो विकासको अवधारणाअनुसार विकास योजनाहरू सञ्चालन गर्न उपयुक्त हुन्छ किन ? आफ्नो धारणा एक बुँदामा लेख्नुहोस् ।

3.

मानव बेचविखन रोक्ने दुई उपायहरू लेख्नुहोस् ।

4.

भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउन उपयुक्त हुने एक सन्देशमूलक नारा तयार पार्नुहोस् ।

5.

दिल्ली सम्झौतामा भएको कुनै एक प्रावधान उल्लेख गर्नुहोस् ।

6.

'बदलाको भावनाले अर्को दुर्घटना वा विध्वंश निम्त्याउँछ ।' यस भनाइलाई प्रथम वा दोस्रो विश्वयुद्धको उदाहरणबाट प्रस्ट पार्नुहोस् ।

7.

अन्तःशुल्कको अर्थ एक वाक्यमा प्रस्ट पार्नुहोस् ।

8.

वैदेशिक रोजगारीमा गएका तपाईंको/आफन्तले विदेशमा कमाएर पठाएको विप्रेषण रकमलाई सदुपयोग गर्न के सुभाव दिनुहुन्छ ? कुनै एक सुभाव लेख्नुहोस् ।

9.

संयुक्त राष्ट्रसङ्घको महासभाले गर्ने कुनै एक कार्य लेख्नुहोस् ।

10.

विश्वव्यापीकरणले नेपालको अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव न्यून गर्न के गर्नुपर्ला ? कुनै एक सुभाव दिनुहोस् ।

11.

तपाई वसोवास गर्ने क्षेत्रको वातावरणलाई प्रदूषणमुक्त बनाउन तपाईंले खेल्न सक्ने एक भूमिका उल्लेख गर्नुहोस् ।

समूह 'ख'

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :

(९×४=३६)
12.

सामाजिक विविधताले हाम्रो सामाजिकीकरणमा परेको असरहरू विश्लेषण गर्नुहोस् ।

13.

नेपालमा सञ्चालित कुनै एक राष्ट्रिय गौरवका आयोजनाको परिचय दिँदै त्यसले देशको आर्थिक तथा सामाजिक पक्षमा पार्ने प्रभाव लेख्नुहोस् ।

14.

"राष्ट्रिय सम्पदा संरक्षणमा समुदायको भूमिका" शीर्षकमा एक सम्पादकीयको नमुना तयार पार्नुहोस् ।

15.

अपाङ्गता भएका व्यक्तिहरूको मर्यादित र सम्मानित जीवनयापनका लागि तपाईंले के कस्ता सामाजिक दायित्व पूरा गर्न सक्नुहुन्छ ? कुनै चारओटा बुँदा लेख्नुहोस् ।
अथवा
नेपाली लोक तथा शास्त्रीय नृत्यलाई सङ्कटमा पर्नबाट बचाउनका लागि केकस्ता उपाय अवलम्बन गर्नुपर्छ ? चार बुँदामा व्यावहारिक सुभाव दिनुहोस् ।

16.

मानव तथा मानवसदृश वेचियमानहरू जात र परिवारका जीवनमा पारे सामाजिक प्रभाव समीक्षा गर्नुहोस् ।

17.

संसदीय शासन प्रणालीमा राष्ट्रिय सभाको महत्व उदाहरणसहित प्रस्ट पार्नुहोस् ।

18.

भूमध्यरेखीय र भूमध्य सागरीय हावापानीमा पाइने वनस्पतिका आधारमा चार बुँदामा भिन्नता प्रस्तुत गर्नुहोस् ।

19.

'जनवायु परिवर्तन र यसका असरहरू' शीर्षकमा वक्तृताको नमुना तयार पार्नुहोस् ।

20.

नेपालको ग्रामीण र सहरी जनसङ्ख्या वितरणको अवस्था वर्णन गर्नुहोस् ।

समूह 'ग'

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :

(४×७=२८)
21.

नेपालमा मानव अधिकार संरक्षणका लागि भएका प्रयास र शिक्षाको प्रभावकारिता विश्लेषण गर्नुहोस् ।

22.

पृष्ठ भरिने गरी नेपालको नक्सा बनाएर निम्न तथ्यलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
बागमती प्रदेश, जानकी मन्दिर, अपि हिमाल, मध्य पहाडी लोकमार्ग
अथवा
पृष्ठ भरिने गरी उत्तर अमेरिका महादेशको नक्सा बनाएर उपयुक्त सङ्केत प्रयोग गरी निम्न तथ्य भर्नुहोस् :
करेन्ट रेखा, अपलेचियन पर्वत, अलारका, चिसो हावापानीको क्षेत्र
अथवा (दृष्टिविहीनहरूका लागि मात्र)
उत्तर अमेरिका महादेशको अवस्थिति, वनस्पति, सामाजिक जनजीवन र आर्थिक गतिविधि उल्लेख गर्नुहोस् ।

23.

जनआन्दोलन, २०४६ को पृष्ठभूमि उल्लेख गर्दै वि.सं. २०४६ पछिको राजनीतिक, आर्थिक, सामाजिक प्रभाव उल्लेख गर्नुहोस् ।

24.

"नेपालमा वित्तीय शिक्षा र यसको आर्थिक सामाजिक प्रभाव" शीर्षकमा एक लेख तयार गर्नुहोस् ।